newskoseli.Com

विस्फोटमा परी १४ को मृत्यु, २२ घाइते

अफगानिस्तानमा भएका पछिल्ला हिंसात्मक घटनामा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना सर्वसाधारण नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार २२ जना सर्वसाधारण नागरिक घाइते भएका छन् । अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यो विवरण पछिल्लो २४ घन्टामा भएका विस...बाँकी

६७ वर्षीया महिलाले जन्माइन् बच्चा : ‘१ सन्तान नीति’ भए पनि ३ पुगे !

चीनमा ६७ वर्षीया एक महिलाले शुक्रबार छोरी जन्माएकी छन् । आमा र बच्चा दुवैको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । झाओझुआङ सहरकी निवासी टियान नामकी ती महिलाले शल्यक्रियामार्फत स्थानीय प्रसूतिगृहमा स्वस्थ बच्चा सकुशल जन्माएकी हुन् । ती महिलाका पतिको उमेर ६८ वर्षको छ । नवजात शिशुलाई ‘ईश...बाँकी

अर्जेन्टिनी राष्ट्रपतिद्वारा पराजय स्वीकार, अल्बर्टो फर्नान्डेज विजयी : पूर्वराष्ट्रपति क्रिस्टिना उपराष्ट्रपति बन्दै

अर्जेन्टिनामा आइतबार सम्पन्न निर्वाचनमा आफू पराजित भएको राष्ट्रपति त्यहाँका वर्तमान राष्ट्रपति मउरिसियो म्याक्रीले स्वीकार गरेका छन् । मुलुकमा आर्थिक संकट गहिरिएको र गरिबी अझ बढेको भन्दै तीब्र आलोचना भइरहेको सन्दर्भमा मुख्य विपक्षी अल्बर्टो फर्नान्डेज विजयी भएका छन् । यस चुनावी नतिजाले अर्जेन्टिन...बाँकी

अमेरिकाको क्यालिफोर्नियामा भीषण आगलागी : सङ्कटकालको घोषणा

अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ । राज्य सरकारको तर्फबाट आइतबार क्यालिफोर्नियाका गभर्नरले सङ्कटकालको घोषणा गरेको जानकारी अधिकारीहरुले दिएका छन् । जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको तथा ब...बाँकी

तत्काल राजीनामा दिन सबै मन्त्रीलाई राष्ट्रपतिको निर्देशन

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । आन्दोलनकारीहरुको झन्डै एक हप्ता लामो सडक प्रदर्शनपछि शनिबार उनले आन्दोलनको सम्बोधनस्वरुप मन्त्रीहरुलाई राजीनामा दिन लगाएका हुन् । ‘आन्दोलनकारीहरुको मागअनुसार मैले नयाँ मन्त्रिपरिष...बाँकी

हेलिकप्टरबाट गोली प्रहार, ९ जनाको मृत्यु

सिरियाको एउटा गाउँमा हेलिकप्टरबाट गोली प्रहार गर्दा कम्तिमा नौ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा मृत्यु भएका सबै इस्लामिक स्टेट (आईएस) सँग आबद्ध लडाकु रहेको अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तर–पश्चिमी इड्लीब प्रान्तमा घटना भएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेक...बाँकी

झन्डै २० करोडको हीरा चोरी, खोजीकार्य तीब्र

१८ लाख अमेरिकी डलरभन्दा बढी (झन्डै २० करोड नेपाली रुपैयाँ) मूल्यको हीरा चोरी भएको विषयमा जापानी प्रहरीले खोजीकार्य तीब्र बनाएको छ । यो हीरा जापानकाे राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको टोकि...बाँकी

भारतीय प्रधानमन्त्री मोदीलाई यति ठूलो झड्का !

भारतको सत्ता सम्हालिरहेको दल भाजपाले सोमबार भएको हरियाणा र महाराष्ट्रको विधानसभा चुनावमा नमिठो झट्का व्यहोरेको छ । लोकसभामा ऐतिहासिन जित निकालेको भाजपाले पाँच महिना बित्न नपाउँदै भएको विधानसभा चुनावलाई नरेन्द्र मोदीको दोस्रो कार्यकालको जनपरीक्षणका रुपमा लिइएको थियो । हरियाणामा एक्लै चुनाव लडेको भ...बाँकी

टर्कीद्वारा सिरियामा भीषण आक्रमण : विश्वजगतका क–कसले के–के भन्दैछन् ?

उत्तरपूर्वी सिरियास्थित कुर्दिश लडाकुको नियन्त्रणमा रहेको इलाकामा टर्कीको सुरक्षा बलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घन्टापछि स्थल आक्रमण सुरु गरेको छ । यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकुहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षे...बाँकी

शक्तिशाली बम विस्फोट : १ प्रहरीको मृत्यु, ४ जना घाइते

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डस्थित एक सडकको छेउमा भएको बम विस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुका साथै चार व्यक्ति घाइते भएको स्थानीय स्रोतले बताएको छ । हेलमाण्ड प्रान्तको ग्रेशक जिल्लामा प्रहरीको एक कार नजिकै बुधबार बम विस्फोट भएको थियो । विस्फोटमा एक प्रहरीको मृत्यु हुनुका साथै दुई प...बाँकी