newskoseli.Com

विद्रोहीको आक्रमणमा १३ को मृत्यु

पूर्वी कङ्गोको बेनी क्षेत्रमा मङ्गलबार राति संदिग्ध युगान्डाली विद्रोही समूह अलाइड डेमोक्र्याटिक फोर्सेस् (एडीएफ)ले गरेको आक्रमणमा १३ सर्वसाधारणको मृत्यु भएको समाचार छ । स्थानीय गैर सरकारी सङ्गठनले सो जानकारी दिएको छ । उत्तरी बेनीको मिमिबो र मुत्सोङ्गे इलाकामा स्थानीय समयानुसार मङ्गलबार...बाँकी

अफगानिस्तानमा ६० जना बालिकालाई बिष खुवाइयो

उत्तरी अफगानिस्तानको तखार प्रान्तको रुस्ताक जिल्लामा अवस्थित एक बिद्यालयका ६० जना बालिकालाई बुधबार रहस्यमयपूर्ण रूपमा बिष खुवाइएको छ । सो प्रान्तका प्रहरी प्रवक्ताले उक्त जानकारी दिएका हुन्। रुस्ताक जिल्लामा रहेको मिर मुलाई नामक बालिकाहरुको विद्यालयमा स्थानीय समयाअनुसार बुधबार विहान रहस्यमयढङ...बाँकी

सिरियाको अवस्थाबारे अमेरिकाको चिन्ता

सिरियाको स्थिति नियन्त्रण बाहिर गएको भन्दै अमेरिकाले चिन्ता ब्यक्त गरेको छ । जेनेभामा रहेका अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियाको स्थिति दिन प्रतिदिन नाजुक बन्दै गएको भन्दै तत्काल ठोस कदम चाल्न विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रसंघ र अरब लिगका प्रतिनिधिसँग भेट गर्दै विदेश...बाँकी

जीवनको सम्भावना भएका तीन ग्रह फेला

खगोल वैज्ञानिकहरुका अनुसार पृथ्वी र सौर्यमण्डल जस्तै वातावरण भएका तीन ग्रह पत्ता लागेको छ । यी तीन ग्रहमा जीवनको सम्भावना हुन सक्ने उनीहरुको भनाई छ । ३९ प्रकाशवर्षको दुरीमा रहेका यी तीन ग्रहको आकार पृथ्वी र शुक्र ग्रह समान छ । ‘नेचर जर्नल’ मा प्रकाशित शोधका अनुसार ती ग्रहमा जीवनका लागि उपयुक्त सं...बाँकी

बिहार प्रमुखलार्इ जुत्ताकाे झटाराे

बिहार,भारत। सरकारी कर्मचारी नीतीशकुमारले बिहारकै मुख्यमन्त्री नीतीशकुमारमाथि सोमबार जनता दरबारमा चप्पल प्रहार गरेका छन् । जनता दरबारमा सर्वसाधरणका कुरा सुन्न उपस्थित भएका मुख्यमन्त्री नीतीशमाथि ती युवकले हुलमुलको मौका पारी चप्पल प्रहार गरेका हुन् । युवकले हिर्काएको चप्पल मुख्यमन्त्री नीतीशलाई...बाँकी

इरान र दक्षिण कोरियाबीच उन्नाइस विभिन्न विषयमा सहकार्य गरिने

इरान र दक्षिण कोरियाबीच विभिन्न १९ विषयमा सहकार्य गर्ने सहमति भएको सोमबार बताइएको छ । इरानी राष्ट्रपति हसन रौहानी र इरानको भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेको उपस्थितिमा उक्त सहमति भएको दुवै देशका सरकारले बताएका छन् । दक्षिण कोरियाली राष्ट्रपति पार्क आइतबार इ...बाँकी

१ सय ५ टन हात्तीका दाँत जलाइयाे

नैरोबी: केन्यामा तस्करहरुबाट बरामद मरेका हात्तीका सात हजार दाँत जलाइएको छ । यस्तो कदम हात्तीको शिकार र र दाँतको तस्करी रोक्न चालिएको हो ।  विश्व इतिहासमा यसअघि यति धेरै संख्यामा हात्तीका दाँत जलाइएको थिएन ।अफ्रिकामा हात्तीको संख्या करिब पाँच लाख रहेको छ । यहाँ हरेक साल ३० हजार हात्ती मारिने गरेका ...बाँकी

साउदीको एउटै कम्पनीबाट ५० हजार कामदार निकालिए

साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक मानिने बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिदिएको छ । कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो । तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको सउदी अरबले विभिन्न उपाय निकालिरहेको जनाइएको छ ...बाँकी

आन्मा र नासाको संयूक्त सम्मेलन मिजौरीमा

मध्यपश्चिम तथा दक्षिण पूर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था आन्मा र नासाको संयूक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासिय नेपालीहरुको साझा दुई संस्थाको १२ औ संयूक्त सम्मेलन आगामी सेप्टेम्बर २ देखि ४ सम्म सेन्ट लुईसस्थित मिजौरी राज्यको डबल ट्रि हिल्टन होटलमा हुने भएको हो । ...बाँकी

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण विफल

उत्तर कोरियाद्वारा गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण विफल भएको छ । बिहीबार उत्तर कोरियाले दुई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरे पनि दुबै असफल भएको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् । क्षेप्यास्त्र प्रक्षेपण गरेलगत्तै विस्फोट भएर नष्ट भएको बताइएको छ । ३ हजार किलोमिटर रेन...बाँकी