१७ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
उत्तर कोरियाद्वारा गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण विफल भएको छ । बिहीबार उत्तर कोरियाले दुई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरे पनि दुबै असफल भएको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
क्षेप्यास्त्र प्रक्षेपण गरेलगत्तै विस्फोट भएर नष्ट भएको बताइएको छ । ३ हजार किलोमिटर रेन...बाँकी
१७ बैशाख, २०७३ |
संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त सिरियाको अवस्था चिन्ताजनक भएको जनाएको छ । एलेप्पोस्थित विद्रोहीको नियन्त्रणमा रहेको अस्पताललगायतका स्थानमा भएका आक्रमणपछि सिरियाको अवस्था नाजुक हालतमा पुगेका राष्ट्रसंघले जनाएको हो ।
पछिल्लो २४ घण्टामा सिरियामा भएका आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।...बाँकी
१६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीको उम्मेदवारीको प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्पले आफ्नो आगामी नीति सार्वजनिक गरेका छन् ।
पछिल्लो चरणमा पाँचवटा राज्यमा भएको प्राइमरी चुनावमा जित हासिल गरेका ट्रम्पले आफूले ‘सबैभन्दा पहिला अमेरिका’को नीतिलाई प्राथमिकता दिने बताए । उनले राष्ट्रपति बार...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतको बिहार राज्यमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन राज्य सरकारले उर्दी जारी गरेको छ । राज्य सरकार अन्तर्गतको आपतकालिन प्रवन्ध विभागले सर्वसाधारणमा यस्तो उर्दी जारी गरेको हो ।
राज्यमा पछिल्ला दिन आगलागीका घटना बढेसँगै यस्तो उर्दी जारी गरिएको हो । उल्लेखित समयमा पुजा–हवन गर्न पनि रोक...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकी सेनाका अधिकारीहरुले आतंककारी संगठन इस्लामिक स्टेट (आइएस)को कोषमा रहेको ८० करोड अमेरिकी डलर हवाई आक्रमणका क्रममा नष्ट गरिएको बताएका छन् ।
अमेरिकी सेनाका मेजर जनरल पिटर गस्टर्नले अमेरिकी सेनाले आइएसको कोषलाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यस क्रममा उसको कोषमा रहेको ८० करोड डलर नष्ट भएको ब...बाँकी
१४ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
गठबन्धन सेनाले गरेको कारबाहीमा यमनमा अलकायदाका आठ सय लडाकु मारिएका छन् ।
मुकाला शहरमा साउदी अरब नेतृत्वकोे गठबन्धन सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएको र थुप्रै मात्रामा हतियार बरामद भएको यमन सरकारले जनाएको छ ।
दुई हजारको संख्यामा मुकाला शहरमा पसेको साउदी अरबको गठबन्धन सेनाले बिमानस्थल...बाँकी
१४ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतको उडिसामा भएको आगलागीमा ९० घर जलेर नष्ट भएका छन् । उडिसाको ढेंकनाल जिल्लास्थित हरचुआन गाउँमा मात्रै ५० घर पुरै जलेर नष्ट भएका छन् ।
यसैगरी सुवर्णपुर जिल्लाको रंगारपुर गाउँका भएको आगलागीमा ४० घर जलेका छन् । वारुण यन्त्र, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको अधिकारीहरुल...बाँकी
१४ बैशाख, २०७३ |
चीनको उत्तरपश्चिमी सान्सी प्रान्तमाअवस्थित एक कोइलाखानीमा सोमबार आएको बाढीमा परी ११ कामदार बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
सो दुर्घटना स्थानीय समयाअनुसार सोमबार विहान ८ बजे भएको जनाइएको छ । बाढी आएको सो समयमा खानीमा ६७ जना कामदार कार्यरत रहेका टोङ्गचुआनका सरकारी अधिकारीले जनाएका छन्...बाँकी
१४ बैशाख, २०७३ |
मध्य पाकिस्तानमा विषाक्त मिठाई खादा कम्तीमा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।
प्राप्त समाचारमा मिठाइकै कारण ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
प्रहरीका अनुसार यस मिठाइमा किटनासक औषधी परेको अनुमान गरिएको छ । पञ्जाव प्रान्तको कारोर लालइसान...बाँकी
१४ बैशाख, २०७३ |
इराकको राजधानी बग्दादको व्यस्त बजारमा आत्मघाती बम विस्फोट गराउँदा सात स्थानीय नागरिकको मृत्यु भएको इराकी सुरक्षा अधिकारी तथा सञ्चारमाध्यमले बताएका छन् ।
बग्दादको पूर्वी इलाकामा अवस्थित जादिदामा गराइएको उक्त विस्फोटमा परी ३० जना घाइते भएका छन् ।
परफ्युम पसल नजिकैको व्यस्त बजारमा गराइएको उक्त वि...बाँकी