newskoseli.Com

अज्ञात समूहद्वारा बङ्गलादेशी प्राध्यापकको हत्या

अज्ञात समूहले बङ्गलादेशको एक विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकको शनिबार हत्या गरेको प्रहरीले जनाएको छ । बङ्गलादेशको उत्तरपश्चिममा अवस्थित राजशाही शहर निवासी ५८ वर्षीय सरकारी विश्वविद्यालयमा अध्यापनरत रजाउल करिम सिद्धिकीलाई घरबाट बस स्टेसनमा जाँदै गर्दा पछाडिबाट छुरा प्रहार गरी हत्या गरिएको प्र...बाँकी

तेल कम्पनीमा विस्फोट, तीन जनाको मृत्यु, १ सय ५ घाइते

मेक्सिकोको दक्षिण–पूर्वी भेराक्रुज राज्यस्थित एक तेल कम्पनीमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य १ सय ५ जना घाइते भएका छन् । कोटजाकोलोसस्थित सरकारी तेल कम्पनी पेमेक्समा विस्फोट भएको हो । विस्फोट भएको क्षेत्र वरिपरीका बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ भने सबै विद्यालय...बाँकी

सुरुङमा भेटियो सात टन गाँजा र एक टन कोकिन

मेक्सिको प्रहरीले लागू औषध कारोबारीले प्रयोग गर्दै आएको उक सुरुङ पत्ता लगाएका छन् जहाँबाट सात टन गाँजा र एक टन कोकिन बरामद भएको छ । दुई हजार ६०० फिट लामो उक्त सुरुङभित्र गाँजा र कोकिन पोको पारेर राखिएको अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । टिजुआनास्थित एक घर नजिकै सुरुङ फेला परेको हो । ...बाँकी

भारतको उडिसामा गर्मीका कारण ४५ जनाको मृत्यु

भारतमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ । भारतको उडिसामा अत्याधिक गर्मीका कारण ४५ जनाको मृत्यु भएको छ । गर्मीका कारण त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । गर्मी बढेसँगै त्यहाँको तापक्रम ४० देखि ४६ डिग्रिसम्म पुगेको छ । गर्मीसँगै तातो हावा लु चलेका कारण जनजीवन अस्तब्यस्त...बाँकी

ओडिसामा बस दुर्घटना, २५ जनाको मृत्यु

भारतको ओडिशामा बस पल्टिँदा २५ जनाको मृत्यु भएको छ । ११ जना गम्भीर घाइते भएका छन् । ओडिशाको बरगाढ रेमताबाट देवगढका लागि छुटेको बस तिलेबानी गेलोहाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट दुई सय ५० फिट तल खसेको हो । घना जंगलमा बस पल्टिएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । बस...बाँकी

ब्रिटिश एयरवेजको विमानमा ड्रोन ठोक्कियो

ब्रिटिश एयरवेजको एउटा विमानमा मानवरहित विमान (ड्रोन) ठोक्किएको छ । बेलायतकै हिथ्रो विमानस्थलको टर्मिनल ५ मा अवतरण गर्नु केही अघि उक्त विमानमा ड्रोन ठोक्किएको हो । १३२ यात्रु र चालक दलका पाँच सदस्य सवार सो विमान अवतरणको तयारीमा रहँदा आकाश मै ड्रोनसँग ठोक्किएको हो । यद्यपी कुनै प्रकारको क्षति विना ...बाँकी

इक्वेडरमा शक्तिशाली भूकम्प

इक्वेडरको तटिय क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार सो भूकम्प ७.८ रिक्टर स्केलको रहेको छ । हालसम्म यस भूकम्पमा परी कम्तीमा ४१ जनाको मृत्यु भइसकेको उप राष्ट्रपति जर्ज ग्लासले बताउनु भएको छ । स्थानीय समयअनुसार शनिबार साँझ १८ः५८ मा आएको...बाँकी

दक्षिण कोरियाको सत्तारुढ दलले गुमायो बहुमत

सोल, २ वैशाख । दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिको सत्तासिन पार्टीले बहुमत गुमाएको छ । हिजो भएको निर्वाचनमा राष्ट्रपति पार्क गेयुन हेइएको साएनुरी पार्टीले बहुमत हासिल गर्न नसकेको हो । हालसम्म सम्पन्न ८५ प्रतिशत मतगणनामा साएनुरी पार्टीले ३ सय सिटमध्ये १ सय २४ सिट प्राप्त गरेको छ...बाँकी

पूर्वी पाकिस्तानमा सडक दुर्घटनामा १८ को मृत्यु

पाकिस्तानको पूर्वीसहर फैसलाबादमा एक बस र ट्रक र एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम उर्दुले जानकारी दिएको छ । पञ्जाब प्रान्तको फैसलाबाद सहरको झाङ्ग सडकमा विपरीत दिशाबाट आएको एक ट्रकसँग ५० भन्दा बढी यात्रु सवार रहेको सो बस ठोक्किएर दुर्घटना भएको समा स...बाँकी