newskoseli.Com

आमाको मृत्यु, बाबु बेखबर, नाबालक छोराछोरीको यस्तो हालत !

स्वामिकार्तिक गाउँपालिका– १, साप्पाटा, बाजुरामा आमाको मृत्युपछि बाबु बेखर भएकाले दुई नाबालक अलपत्र परेका छन् । आमा बच्ची लुवारको साउनमा मृत्यु भएको थियो । बुबा गोरख लुवार रोजगारीका लागि भारत गएकामा अहिलेसम्म बेखर रहेको स्थानीयवासीले बताएका छन् । घरमा अरु कोही छैन, ५१ वर्षीय बज्यै सुकीको भरमा तीन ...बाँकी

दीपावलीमा झिलीमिली बत्ती जोड्दा करेन्ट लागेर मृत्यु

दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका– ८, टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– २१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएक...बाँकी

तीन नेपाली मजदुरको भारतमा हत्या, फरार श्रीमतीको संलग्नताको आशंका

तीन जना नेपाली मजदुरको कात्तिक ८ मा भारतको पिथौरागढमा हत्या भएको छ । सो हत्याबारे आइतबार मृतकका परिवारजनले जानकारी पाएपछि रुवाबासी चलेको छ । बैतडीको पुरचौंडी नगरपालिका– ५, दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बिरा बोहरा तथा पुर्चौंडी नगरपालिका– ४, भटना तडीखेतका ३६ वर्षीय काशी बोह...बाँकी

जनगायक जीवन शर्माका छोराको उपचारार्थ नेकपा र लोकदोहोरी प्रतिष्ठानद्वारा सहयोग (भिडियाेसहित)

जनगायक जीवन शर्माका छोराको उपचारका लागि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ । जटिल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल हातामा अवस्थित मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत जनगायक शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न १ ल...बाँकी

स्वदेश फर्के प्रधानमन्त्री, भने : ‘प्रचण्डसँग दुरी बढेको छैन’

प्रधानमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै प्रकारको दुरी नबढेको र बढ्ने अवस्था समेत नरहेको दावी गरेका छन् । अजरबैजानको बाकुमा सम्पन्न असंलग्न आन्दोलन (नाम) को १८औं शिखर सम्...बाँकी

पत्रकार : ‘मन्त्रीज्यू, काठमाडौंको जाम कहिले खुल्छ ?’ मन्त्री : ‘७ ठाउँमा अण्डरपास बनाइँदैछ, त्यसपछि खुल्छ’

‘मन्त्रीज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौंमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ?’ काठमाडौंको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको उक्त प्रश्नको जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्...बाँकी

राष्ट्रपतिले प्रमाणीकरण गरिन् बहुचर्चित ‘विज्ञापन विधेयक’ (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुचर्चित ‘विज्ञापन विधेयक’ अर्थात् ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा जनाइए अनुसार संसदका दुवै सदनले पारित गरेको ‘विज्ञापन नियमन गर्ने...बाँकी

तिहारको मुखैमा फेरि बढ्यो सुन–चाँदीको भाऊ, कति पुग्यो ?

तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा फेरि सुनचाँदीको मूल्यवृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला ६ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । बिहीबार छापावाला सुन ...बाँकी

लिफ्टले थिचेर मजदुरको मृत्यु

लिफ्टले थिचेर झापाको दमकमा बिहीबार बिहान एक मजदुरको मृत्यु भएको छ । दमक– ६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिफ्टमर्मत गर्ने क्रममा लिफ्...बाँकी

तिहारमा घर रंग्याउन कमेरो खन्दा पुरिएर १ को मृत्यु, २ घाइते

तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आएको पहिरोमा पुरिएर बिहीबार बिहान रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका– ३, कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका– ५, काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी सोही ठाउँका २२...बाँकी