२० कार्तिक, २०७६ |
सन्धिखर्कको नरपानीमा बुधबार भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।
गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको नरपानीमा बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक...बाँकी
२० कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा, जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको उपचारका क्रममा मृत्यु भएको छ ।
मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाइवरी सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रम...बाँकी
१९ कार्तिक, २०७६ |
मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति कात्तिक २१ र २७ मा मनोनयनपत्र (उम्मेदवारी) दर्ता गरिने भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्य...बाँकी
१९ कार्तिक, २०७६ |
बाँदर मार्न बोकेको बन्दुक पड्किएर ओखलढुङ्गामा एक किशोरको मृत्यु भएको छ । भरुवा बन्दुक पड्किएर मोलुङ गाउँपालिका– ३, थुम्कीका १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो ।
सोमबार दिउँसो २ बजे थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । उप...बाँकी
१८ कार्तिक, २०७६ |
वीर अस्पतालको पहिलो तलाको उत्तर–पूर्वमा अति–अति विशिष्ट (भीभीआईपी) सेक्सन छ । यस सेक्सनका हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा विच्छ्याइएको छ । बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरण जडित छन् । बाथटब सहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छन् ।
स्टोर सहितका यस्ता आठ वटा भीभीआईपी कक्षका ...बाँकी
१७ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस चलिरहेको छ । काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बयान चलिरहेको जानकारी सूचना अधिकारी ज्ञानबहादुर कार्कीले दिएका छन् ।
बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश...बाँकी
१७ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा आइतबार यात्रुबस दुर्घटना भएको छ । घटनास्थलमै १० जनाको मृत्यु भएको छ भने पछि थप ३ जनाकाे निधन भएकाे पुष्टि भएकाे छ । मृतककाे संख्या अझै बढ्न सक्ने देखिएकाे छ ।
मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सडकबाट सुनकोशी न...बाँकी
१६ कार्तिक, २०७६ |
नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरिद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सो कार्गो विमान खरिदका लागि सन् २०१७ अगस्टमा एलसी खोलिएको थियो ।
विपदका समयमा सामान ढुवानी र यात्रु ओसारपसार त...बाँकी
१६ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे मोटामोटी सहमति भएको छ ।
आइतबार फेरि बैठक बसेर उम्मेदवारको अन्तिम टु्ंगो लगाउने जानकारी प्रवक्ता नारायण...बाँकी
१५ कार्तिक, २०७६ |
बेलकोटगढी नगरपालिका– १२, देउराली, लामाटोल, नुवाकोटमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या गरिएको हो ।
रानामगरको घरमा कोही नभएको समयमा उनकै २८ वर्षीया फूपु पार्वती रानामगरले शुक्रबार हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पर्वतीको मानसिक सन्तुलन ठी...बाँकी