newskoseli.Com

विप्लव नेकपाका अर्का नेता पक्राउ : प्रहरी भन्छ– ‘मोस्ट वान्टेडको सूचीमा थिए’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ब्युरोस्तरीय अर्का एक नेतालाई प्रहरी पक्राउ गरेको छ । क्षेत्रीयस्तरको नेतृत्व सम्हालिरहेका भनिएका पूर्णबहादुर वलीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । बासगढी नगरपालिका– ५, ब्यारेल टोल, वर्दियाका ४५ वर्षीय वलीलाई पक्राउ गरिएको प्रहरी ज...बाँकी

विप्लवका डाक्टर पढ्दै गरेका छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी पक्राउ

सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई सरकारले पक्राउ गरेको छ । एमबीबीएस अध्ययनरत प्रकाशलाई चितवन मेडिकल कलेज परिसरबाटै पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनक...बाँकी

पाइपलाइनबाट आउन थाल्यो पेट्रोलियम : खुशीयालीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना उदघाटनका अवसरमा इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । घटेको मूल्य मंगलबार अपराह्न १२ बजेदेखि नै लागू भैसकेकाे निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । मूल्य समायोजनपछि अब प...बाँकी

६५ वर्षिय वृद्धलाई कसले गिँड्यो खुकुरीले ?

धनुषामा धारिलो हतियार (खुकुरी) प्रहार गरी आइतबार साँझ एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका– ९, कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो । अज्ञात व्यक्तिले छुरा (खुकुरी) प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजा...बाँकी

दुई वडाध्यक्षबीच कुटाकुटपछि एक वडाध्यक्ष पक्राउ

आफूजस्तै अर्का वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका– ८, ओखलढुंगाका वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० मा चम्पादेवी गाउँपालिकाको कार्यालय, ताप्केडाँडामा सोही गाउँपालिक...बाँकी

आँखा अस्पताल प्रमुख डा. सन्दुक रुइतलाई पनि डेंगु

नेत्रविशेषज्ञ प्रा.डा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा उपचाररत छन्  । डेंगुको संक्रमणले बिरामी परेर उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको छ । ‘डेंगुको अवस्था भयावह भएर आयो,’ उनले भने– ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी...बाँकी

पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा, कस्तो छ उनको अवस्था ?

जनयुद्धकालकी चर्चित माओवादी नेतृ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्वमन्त्री हिसिला यमी आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा घाइते भएकी छन् । हाल समाजवादी पार्टी नेपालकी नेतृ रहेकी यमी दुर्घटनामा परेर घाइते भएको पूर्वप्रधानमन्त्री भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए...बाँकी

चिनियाँ विदेशमन्त्री आइपुगे काठमाडौं : यस्ता छन् भेटघाट र छलफलका कार्यसूची

चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करद...बाँकी

वर्ल्डलिंकले ल्यायो आकर्षक ‘दसैं–तिहार अफर’

नेपालीहरुको महान् चाड बडादसैं र तिहारको उपलक्ष्यमा नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले जम्मा २५,९९० रुपैयाँमा १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टिभी र एक वर...बाँकी

२ पेस्तोल र ४ राउन्ड गोलीसहित राजधानीबाट ७ जना पक्राउ

गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले राजधानीबाट २ वटा पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले शनिबार अपराह्न साढे ४ बजे बालाजु, माछापोखरीबाट उनीहरुलाई पक्राउ गरेको हो । गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउन्ड गोलीसहित पक्राउ गरिएको महानगरीय प्रह...बाँकी