newskoseli.Com

२५ तोलासम्म सुनका गहना ल्याउन पाइने

विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनका गहनाको परिणाम सरकारले बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विधेयक २०७६ ले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार २ सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम...बाँकी

राष्ट्रपति–उपराष्ट्रपति, प्रधानमन्त्री–मन्त्री र सांसदको पनि तलब बढ्यो : कसको कति पुग्यो ?

सरकारले राष्ट्रपति–उपराष्ट्रपति हुँदै प्रधानमन्त्री–मन्त्री र सांसदसम्मको तलब बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो ।...बाँकी

‘आफ्नो गाउँ आफैं बनाऔं’ : साढे २ दशकपछि ब्युँतियो फेरि

साढे दुई दशकअघिको पहिलो ‘कम्युनिस्ट’ सरकारको लोकप्रिय कार्यक्रम भनिएको ‘आफ्नै गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी सरकारले फेरि ब्युँताएको छ । गाउँ निर्माणकेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै यस कार्यक्रमका निम्ति ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्...बाँकी

‘सांसदहरुलाई ६–६ करोड : संघीयताको मर्मविपरीत’

सरकारले संघीयताको मर्मविपरीत प्रत्येक निर्वाचन क्षेत्रका लागि ६–६ करोड रुपैयाँ दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड दिने उल्लेख छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विका...बाँकी

बढ्यो वृद्ध भत्ता : पुग्यो मासिक ३ हजार, सहिद–बेपत्ता परिवार र घाइते योद्धा पनि समेटिए

सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ताको रकम एक हजार रुपैयाँ बढाएर मासिक तीन हजार रूपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७६–७७ को बजेट भाषणमा एक हजार रुपैयाँ वृद्धभत्ता बढेको घोषणा गरेका हुन् । अब ७० वर्ष माथिका सब...बाँकी

भूमिमन्त्रीको एक घन्टे आधारशिविर यात्रा : खर्च ५० लाख !

भूमि व्यवस्थामन्त्री पदमा अर्यालसहितको टोली सगरमाथाको आधारशिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ मा सगरमाथा बेसक्याम्प पुगी त्यसै दिन साँझ काठमाडौं फर्केको थियो । टोलीले त्यतिबेला बेसक्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरु ...बाँकी

स्थानीय तहको ‘पौरख’ : गाडी किनेरै सके डेढ वर्षमा ११ करोड

जिल्लाका ९ वटा स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झन्डै ११ करोड रुपैयाँ खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साउनदेखि २०७५ चैत महिनासम्मको अवधिमा १० करोड ९३ लाख ८६ हजार ८ सय २९ रुपैयाँ गाडी खरिदमा खर्च गरिएको छ । गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको...बाँकी

मेलम्चीमा नयाँ ठेक्का : ३६ करोड नदिँदा २ अर्ब ५२ करोडको भार !

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि सरकारले ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप २ अर्ब ५२ करोड रुपैयाँ थप भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो । अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी ३ प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । मन्त्रिपरिषदले...बाँकी

सर्वोच्चको आदेश : ‘सुमार्गीसँग कर असुल नगर्नू’

व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार रुपैयाँ कर निर्धारण गरेको ...बाँकी

पूर्वराजा वीरेन्द्रको खर्बौंको सम्पत्ति, व्यवसायीलाई भाडामा

तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर, थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई भाडामा दिइएको छ । अधिकांश सम्पत्ति राजाकै पालामा प्रतिष्ठानहरूलाई भाडामा दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा प...बाँकी