newskoseli.Com

सत्ताधारी नेकपामा कार्यविभाजन : अड्कियो केमा ? प्रवक्ता भन्छन्– अब टुंगिन्छ…

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्यविभाजनलाई पूर्णता दिन उच्चस्तरमा चलेको छलफल निष्कर्ष नजिक पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्यविभाजनबारे लामै छलफल चल्यो । खासगरी जिल्ला इन्चार्जहरु तोक्न...बाँकी

जनमुक्ति सेनाको यो हालत, सिंहदरबारमा मस्त उनका कृतघ्न नेताहरु !

आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेका खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । घरपरिवार त्यागेर तत्कालीन माओवादी जनयुद्धमा होमिएकी जनमुक्ति सेना (पूर्वलडाकु) ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् । बेलुका अँध्या...बाँकी

देशै हल्लाउने त्यो समाचार : दुवैतिरबाट अस्वीकार !

सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका । सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो सो गाउँपालिका । सञ्चार माध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो । कारण हो, गाउँपालिका– ३ स्थित छेस्काममा रहेको प्रहरी चौकी सरकारद्वारा ‘प्रतिबन्ध’ लगाइएको ने...बाँकी

ओली–प्रचण्ड ध्रुवीकरण : पक्ष–विपक्षमा बाँडिए नेताहरु

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता हुँदाका सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच ध्रुवीकरण बढेको छ । हालका प्रधानमन्त्री केपी ओलीको साढे दुईवर्षे कार्यकालपछि आफू प्रधान...बाँकी

नेकपामा बहस : ‘हाइकमान्ड’ लाई हतारो, नेता–कार्यकर्ता अन्योलमा

दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति सार्वजनिक भएसँगै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको छ । पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म कुनै जिम्मेवारी नपाएका केन्द्रीय सदस्य केन्द्रीय समितिको दोस्रो बैठक नै नबसी ‘हाइकमान्ड’ बाटै जिल्ला अ...बाँकी

क्रिश्चियन धर्म प्रचारकसँग त्रिविले फेरि गर्‍यो सम्झौता

दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित त्रिभुवन विश्वविद्यालयले फेरि सम्झौता गरेको छ । उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि त्रिविले यसअघिको सम्झौता तोडेको थियो । गत बुधबार उक्त विश्वविद्यालयले काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ ‘विद्यावारिधि’ प्रदान गरेको...बाँकी

शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते

रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको दाङमा उ...बाँकी

नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा घिसार्ने यस्तो छ अमेरिकाको अर्को दाऊ !

नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा समेत ‘नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने’ विषय समेटेको छ । अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपालसँगको रक्षा सम्बन्धलाई बढाउन खोजेको उल्लेख छ । अमेरिकाले मानवीय...बाँकी

९ न्यायाधीशको दैनिकी : हाजिरी गर्ने घर फर्कने !

मुद्दा फैसलामा ‘न्यायिक विचलनता’ देखिएको अभियोगमा न्यायपरिषदले काजमा तानेका ११ मध्ये ९ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने र घर फर्कनेमा नै सीमित छ । ४ महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषदले अन्तिम निर्णय लिन सकेको छैन । ११ मध्ये २ न्यायाधीशबारे परिषदले निर्णय गरिसक...बाँकी

सेनामा बढ्दो आत्महत्या : किन बढ्दैछ निराशा ?

नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ । कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न जंगी अड्डाले आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा प्रणाली, सञ्जालमार्फत गलत सम्पर्क, परिवारसँगको बिछोड, मनोरञ्जन क...बाँकी