newskoseli.Com

निर्मला पन्तका दिदीबहिनीको सकस : रातभरि त्रासले सुत्दैनन् घरमा

टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन् । एकै छिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन् । बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निराश देखिन्थे । ‘आमा र बुबा काठमाडौं गएपछि हामी दुई दिदीबहिनी मात्र घरमा छौं’, दबेको स्वरमा ...बाँकी

प्रहरी नै लुटेरा ? नक्कली सुन देखाएर पैसा लुट्ने २ हवल्दार पक्राउ

मंगलबार राति राजधानीकै बल्खुमा नक्कली सुन देखाएर भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा २ जना प्रहरी हवल्दार भएको खुलेको हो । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सीआरभी टोलीले राति ११ बजे...बाँकी

मन्त्री लालबाबु पण्डितले ढाँटे ! समिति छल्न बिरामीको बहाना…

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसदको राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । समितिको बैठक छल्न उनले आफू बिरामी भएको बहाना पारेका हुन् । कर्मचारी समायोजनसम्बन्धी अध्यादेशबारे छलफल गर्न बुधबार समितिले पण्डितलाई बोलाएको थियो । अन्तिम समयमा उनले सचिव दिनेश थपलियामार्फत आ...बाँकी

कांग्रेसमा एकैसाथ दुईतिर बैठक : देउवा निवासमा ‘संस्थापन’ को, कोइराला निवासमा ‘असन्तुष्ट’ को

बुधबार आफ्नो निवासमै कांग्रेस सभापति शेरबहादुर देउवा आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफलमा व्यस्त थिए । ठीक त्यही बेला महामन्त्री डा. शशांक कोइरालाको निवासमा उस्तै छलफल चलिरहेथ्यो, संस्थापनइतर अर्थात् ‘असन्तुष्ट’ पक्षको । दुवै बैठकका एजेन्डा समान थिए– विधान संशोधन प्रस्तावमाथि केन्द्रीय ...बाँकी

कुरीति तोड्दै एकल महिलाहरु : श्रीमानको मृत्युपछि पनि रातो टीका र रातै लुगा

श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउनु नहुने ‘मान्यता’ हाम्रो समाजमा अझै कायम छ । तर, धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कार तोड्दै सामूहिक रुपमा रातो टीका र लुगा लगाएका छन् । श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला ए...बाँकी

हिउँद–बर्खामा दूधको मूल्य फरक–फरक : कात्तिकदेखि फागुनसम्म ७ रुपैयाँ कम

उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति (मिल्क होलिडे) लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक–फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरुमा ‘मिल्क होलिडे’ को स्थिति द...बाँकी

अस्ट्रेलियाको खर्चमा प्रदेश– ३ को योजना !

प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् । यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषदलाई समेत थाहा दिएका छैनन् । प्रदेशको नीति तथा योजना आयोगले १५ वर्षे पूर्वाधार योजना बनाउँदैछ ।यो काममा अस्ट्रेलियाको ‘डिपार्टमेन्ट अफ फ...बाँकी

प्रहरीकै ‘सेटिङ’ मा यसरी हुन्छ तस्करी

एक घुमुवा प्रहरी र अवैध बाटोबाट धनगढीका विभिन्न पसलमा सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद केही दिनअघि सार्वजनिक भयो । घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरीकै ‘सेटिङ’ मा करोडौंका सामान तस्करी भइरहेको पुष्टि गरेको छ...बाँकी

फुटबलको मैदानमा यी आमाहरू !

मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बल समेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केही बेरपछि कुर्ता–सुरुवाल र प्यान्टसँग जुत्ता–मोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र सबैलाई थाहा भयो– यो सामान्य फुटबल खेल होइन रहेछ । सधैं भात–भान्सा र घरायसी धन्दामा व्यस्त हुने आम...बाँकी

‘विप्लवजी खुलमखुला, भूमिगत भन्नु षड्यन्त्र’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीलाई खुला राखे पार्टीका सांगठनिक संरचना र गतिविधि भने भूमिगत रुपमा गर्दै आएको छ । पार्टी पुनर्गठन दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त पार्टीका महासचिव विप्लव सार्वजनिक नभए पनि देशभित्रै रहेको दाबी गरिएको छ । त्यसअघि नेकपाले...बाँकी