२५ जेष्ठ, २०७५ |
एजेन्सी
अर्को साता सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ उनसँग हुने वार्ताका लागि आफूले खासै तयारी गर्नु नपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
ओभल प्यालेसस्थित आफ्नो अफिसमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमसँग हुने बहु...बाँकी
१० जेष्ठ, २०७५ |
एजेन्सी
इराकको राजधानी बग्दादस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । आत्मघाती बम आक्रमणमा परी अरु पनि कयौँ व्यक्तिलाई घाइते बनाइएको छ ।
मुस्लिम राष्ट्रहरुमा हाल महिनाभरि नै रमाजान ब्रत चलिरहेको छ । एक महिनासम्म चल्ने ब्रतका क्रममा पनि दैनिकजसो ह...बाँकी
८ जेष्ठ, २०७५ |
बीबीसी/एजेन्सी
अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् ।
वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्धपश्चात् इरान ‘आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघर्ष’ गरिरहेको देख्न सकिने बताए । उनले भने– ‘इरानको आक्रामक व्य...बाँकी
५ जेष्ठ, २०७५ |
एजेन्सी
ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ ।
तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू समेत गम्भीर घाइते छन् । बोइङ ७३७ विमान क्युबाको उत्तरी सहर ओल्गिनतर्फ गइरहेको थियो ।
प्रत्यक्षदर्शीहरूका...बाँकी
१० बैशाख, २०७५ |
एजेन्सी
अमेरिकी राज्य टेनेसीको न्यासभिल सहरको बाहिरी इलाकास्थित एक रेस्टुरेन्टमा नग्न बन्दुकधारीले गोलीबारी गर्दा चारको मृत्यु भएको छ ।
हमलाकारी स्थानीय समयानुसार बिहान ३ बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरेर सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरेको बीबीसीले जन...बाँकी
१ बैशाख, २०७५ |
एजेन्सी
सिरियामाथि अमेरिका तथा उसका सैन्य–सहयोगी ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा हवाई हमला सुरू गरेका छन् । सिरियामा महत्त्वपूर्ण रूपमै रुसको सैन्य उपस्थिति छ । अब रुसले थप कदम चाले त्यस क्षेत्रमा झन् तनाव बढ्न सक्ने स्पष्ट छ ।
पूर्वी गुटामा गत हप्ता भएको आक्रमण रासायनिक हमला भएको आरोप लगाउँदै अमेरिका,...बाँकी
१ बैशाख, २०७५ |
एजेन्सी
संयुक्त राज्य अमेरिकाले फ्रान्स र बेलायतको सहयोगमा सिरियामाथि मिसाइल आक्रमण सुरू गरेको छ । पूर्वी गुटामा गत साता गरिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप हवाई आक्रमण शुरू गरेको अमेरिकाले जनाएको छ ।
आक्रमणमा दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू आइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमल...बाँकी
२५ चैत्र, २०७४ |
एजेन्सी ।
दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई २४ वर्षको जेल सजाय तोकिएको छ ।
उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको शुक्रबार फैसला सुनाउँदै २४ वर्ष जेल र १ करोड ७० लाख अमेरिकी डरल बराबर रकम जरिवानाको सजाय सुनाइएको हो । थुनामै रहेकी उनलाई दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले २४ वर्ष लाम...बाँकी
१३ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन सोमबारदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा विशेष चर्चामा छन् ।
आणविक कार्यक्रम वा दक्षिण कोरियासँगको सम्बन्धका कारण यसपटक उनी समाचारमा छाएका होइनन्, उनी रेल चढेर चीनको राजधानी बेइजिङ आइपुगेको खबर धेरै सञ्चार माध्यमले महत्त्वका साथ प्रकाशन/प्रशारण गरेका हुन् ।
...बाँकी
६ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
मेक्सिकोमा उच्च अधिकारीहरु बोकेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।
शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका अधिकारीहरु हेलिकप्टरमा सवार थिए ।
मेक्सिकोका गृहमन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर सो हेलिकप्टरमै थिए तर दुव...बाँकी