४ माघ, २०७६ |
एजेन्सी
रूसमा शुक्रबार एकैसाथ २५ वटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तिमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
रूसको उत्तरी भाग कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेको आपतकालीन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको ...बाँकी
१७ पुष, २०७६ |
जीवन भण्डारी/रासस
सन् २०१९ मा विश्वले कयौं चर्चित व्यक्तित्वलाई गुमाएको छ । पूर्वराष्ट«प्रमुखदेखि र पूर्वसरकार वूमुख तथा चर्चित कलाकार र लेखकहरुसम्मको यस वर्ष निधन भयो । यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुति दिइरहेका बेला पनि ज्यान गुमाएका छन् । सन् २०१९ मा अस...बाँकी
१६ पुष, २०७६ |
एजेन्सी
अमेरिकी सेनाले इराकका विभिन्न स्थानमा हवाई हमला थालेपछि क्रुद्ध विद्रोहीले मंगलबार बग्दादस्थित अमेरिकी दूतावासमा भीषण आक्रमण गरेका छन् । आक्रमणमा संलग्न इराकीहरुलाई अमेरिकी सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरी तितरबितर पारेको बीबीसीले जनाएको छ ।
विद्रोहीको आक्रमणका क्रममा दूतावासस्थित सुरक्षाकर्म...बाँकी
१३ पुष, २०७६ |
जीवन भण्डारी
सन् २०१९ मा पनि विगतका वर्षहरूमा जस्तै राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे । केही ठूला दुःखद् घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चार माध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटना यसप्रकार रहे–
१. भेनेजुयलाक...बाँकी
१२ पुष, २०७६ |
डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार दर्जनौं कैदीहरू आदान–प्रदान गर्न लागिएको युक्रेनी सरकारी अधिकारीहरूले बताएका छन् ।
पेरिसमा भएको उच्चस्तरीय शान्तिवार्तामा आधारित रहेर पछिल्लो कदम चाल्न लागिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ब...बाँकी
१२ पुष, २०७६ |
एजेन्सी
मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ । संसदमा ‘नाटकीय र हिंसात्मक क्रियाकलाप’ गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।
धार्मिक स्वतन्त्रतासम्बन्धी विवादास्पद कानुन पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए । नयाँ कानुनमा समावेश गरिएको चर...बाँकी
१२ पुष, २०७६ |
एजेन्सी
सोमालियाको राजधानी सहर मोगादिसुस्थित व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थी समेत रहेको त्यहाँका अधिकारीले शनिबार जनाएका छन् । सो विष्फोटमा परी कम्तिमा ७० जना घाइते भएको बताइएको छ ।
‘विस्फोटमा...बाँकी
२४ मंसिर, २०७६ |
एजेन्सी
३४ वर्षीया सान्ना मरिन विश्वकै सबभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएकी छन् । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई फिनल्याण्ड सरकारको नेतृत्व गर्न प्रधानमन्त्री चयन गरेको हो ।
जुन महिनायता यातायात तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी उनले मंगलबा...बाँकी
१० मंसिर, २०७६ |
एजेन्सी/रासस
मालीमा भएको हेलिकप्टर दुर्घटनामा परी कम्तिमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको मालीका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् । अफ्रिकी मुलुक मालीको तनावग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको हो ।
फ्रान्सले यस...बाँकी
१० मंसिर, २०७६ |
एजेन्सी/रासस
अल्बानियामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ । भूकम्पका कारण १ सय ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भूकम्प ६.४ म्याग्निच्युडको भएको जनाइएको छ ।
मृत्यु भएकामध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथिबाट हामफालेको एक सैन्य अधिकारील...बाँकी