२० कार्तिक, २०७६ |
एजेन्सी
अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको एक जिल्ला सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको भीषण आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् ।
चहर बोलाक जिल्लाका प्रहरी प्रमुख मेजर कलाउमुद्दीनको हत्या भएको प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले जानकारी दिएका छन् । फर...बाँकी
१६ कार्तिक, २०७६ |
एजेन्सी
मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा ५३ जना सेनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले ‘आतङ्कवादी हमला’ भनेका छन् ।
इस्लामिक लडाकुहरुले गराएको हिंसामध्ये यो आक्रमण सबैभन्दा ठूलो भएको अधिकारीहरुको भनाइ छ । आक्रमणमा परी एक जना सर्वसाधारणक...बाँकी
१५ कार्तिक, २०७६ |
संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभा–सम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ ।
राष्ट्रसंघले हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित महासचिव एन्टोनियो गुटेरसले पत्राचार गरेका छन् । राष्ट्रसंघ...बाँकी
१३ कार्तिक, २०७६ |
एजेन्सी/रासस
ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको ‘कारबाही’ मा कम्तिमा १७ जनाको मृत्यु भएको छ । प्रहरी र शङ्कास्पद लागूऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
‘प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको थियो, त्यसपछि अस्पताल लगिएको थियो’– एक प्रहरी अधिकारीले भ...बाँकी
११ कार्तिक, २०७६ |
एपी/रासस
अर्जेन्टिनामा आइतबार सम्पन्न निर्वाचनमा आफू पराजित भएको राष्ट्रपति त्यहाँका वर्तमान राष्ट्रपति मउरिसियो म्याक्रीले स्वीकार गरेका छन् ।
मुलुकमा आर्थिक संकट गहिरिएको र गरिबी अझ बढेको भन्दै तीब्र आलोचना भइरहेको सन्दर्भमा मुख्य विपक्षी अल्बर्टो फर्नान्डेज विजयी भएका छन् । यस चुनावी नतिजाले अर्जेन्टिन...बाँकी
११ कार्तिक, २०७६ |
एजेन्सी
अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ । राज्य सरकारको तर्फबाट आइतबार क्यालिफोर्नियाका गभर्नरले सङ्कटकालको घोषणा गरेको जानकारी अधिकारीहरुले दिएका छन् ।
जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको तथा ब...बाँकी
१० कार्तिक, २०७६ |
एजेन्सी
चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । आन्दोलनकारीहरुको झन्डै एक हप्ता लामो सडक प्रदर्शनपछि शनिबार उनले आन्दोलनको सम्बोधनस्वरुप मन्त्रीहरुलाई राजीनामा दिन लगाएका हुन् ।
‘आन्दोलनकारीहरुको मागअनुसार मैले नयाँ मन्त्रिपरिष...बाँकी
१० कार्तिक, २०७६ |
एजेन्सी
सिरियाको एउटा गाउँमा हेलिकप्टरबाट गोली प्रहार गर्दा कम्तिमा नौ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा मृत्यु भएका सबै इस्लामिक स्टेट (आईएस) सँग आबद्ध लडाकु रहेको अधिकारीहरुले जनाएका छन् ।
सिरियाको उत्तर–पश्चिमी इड्लीब प्रान्तमा घटना भएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेक...बाँकी
८ कार्तिक, २०७६ |
एजेन्सी ।
१८ लाख अमेरिकी डलरभन्दा बढी (झन्डै २० करोड नेपाली रुपैयाँ) मूल्यको हीरा चोरी भएको विषयमा जापानी प्रहरीले खोजीकार्य तीब्र बनाएको छ । यो हीरा जापानकाे राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो ।
प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको टोकि...बाँकी
२३ आश्विन, २०७६ |
एजेन्सी
उत्तरपूर्वी सिरियास्थित कुर्दिश लडाकुको नियन्त्रणमा रहेको इलाकामा टर्कीको सुरक्षा बलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घन्टापछि स्थल आक्रमण सुरु गरेको छ ।
यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकुहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षे...बाँकी