newskoseli.Com

धर्मगुरुलाई मृत्युदण्ड दिन अदालतलाई सरकारी अधिकारीहरूको ‘सुझाव’ !

साउदी अरबका सरकारी कानुनी अधिकारीले त्यहाँ सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उनलाई मृत्युदण्ड दिनुपर्ने बताएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । अवदाविरुद्ध विभिन्न ३७ आरोप दर्ता गरिएको सरकार पक्षधर ओकाज पत्रिकालगायतका सरक...बाँकी

बोकोहरामको हमला : ४८ पुगे मृत्यु हुने सैनिक…

नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोकोहराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुगेको नाजेरियाली सेनाले सोमबार जनाएको छ । यसअघि सेनाले दिएको विवरणमा कम्तिमा ३० सैनिकको मृत्यु भएको जनाइएको थियो । ‘सेना र बोकोहराम समूहबीच भएको झडपका क्रममा ज्यान गुमाएका थप...बाँकी

अमेरिकी दबाबमा तेलको आयात रोकिँदै !

जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्प...बाँकी

रहेनन् राष्ट्रसङ्घका पूर्वमहासचिव अन्नान : विश्वभरबाट शोक व्यक्त गर्दै कसले के भने ?

संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान ८० वर्षको उमेरमा निधन भएको छ । घानामा जन्मेका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म दुई कार्यकाल राष्ट्रसङ्घको प्रमुखका रूपमा सफलतापूर्वक पूरा गरेका थिए ...बाँकी

भियना संसारकै १ नम्बर ‘बस्न योग्य सहर’ ! दमास्कस १ नम्बरको ‘बस्न अयोग्य सहर’ !

  यस वर्षको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर सहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो । प्रतिवेदनमा विश्वका १० वटा सरहलाई १–२–३ गरी अङ्कित गरिएको छ । ९९.१ अङ्क प्राप्त गरी भियना ...बाँकी

अफगानिस्तानमा मारिए अमेरिकी सैनिक

  अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ । आइतबार भएको विस्फोटमा परी अमेरिकी सैन्य बलका ३६ वर्षीय एक कर्मचारीको मृत्यु भएको हो । यस विषयमा अनुसन्धान जारी रहेको अमेरिकी सेनाले बताएको छ । ...बाँकी

हतियार भण्डारमा विस्फोट, १२ बालबालिकासहित ३९ को मृत्यु

  सिरियाको उत्तर–पश्चिममा अवस्थित इदलिव प्रान्तमा रहेको एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन् । विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको बेलायतस्थित सिरियाली...बाँकी

प्रधानमन्त्री मोदीलाई राहुल गान्धीले लेखे यस्तो पत्र…

  निरन्तरको मुसलधारे वर्षाका कारण केरलामा आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित भएका छन् । दक्षिण भारतीय सो इलाकामा पहिरो तथा डुबानमा परी यसै महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । बाढी तथा पहिरोका कारण केरलाका नदी किनाराका वस्तीह...बाँकी

फेला पर्‍यो हराएको विमान, ८ को मृत्यु, १ को जीवितै उद्धार

  इन्डोनेसियामा शनिबार हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमानमा सवार आठ जना यात्रुको शव भेटिएको छ । सो विमान आइतबार बिहान पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । पूर्वी इन्डोनेसियाको एक दुर्गम प्रान्त पपुवातर्फ जाँदै गरेको सो विमान शनिबार ...बाँकी

जातीय हिंसामा मारिए ११ जना

मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ । ...बाँकी