newskoseli.Com

गोरु काटेको आरोपमा तामाङद्वय पक्राउ

गोरु काटेको आरोपमा सूर्योदय नगरपालिका– ९, रम्फोक, इलामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ पक्राउ परेका हुन् । गाउँमा गोरु काटिरहेको गोप्य सूचना पाएपछि त्यसैका आधारमा फिक्कल प्रहरी चौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई घट...बाँकी

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विष्फोट

काठमाडौंको नागर्जुन नगरपालिका– १ स्थित डा. शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विष्फोट गराएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दावी गरेका छन् । साँझ ७ः१४ मा भएको सो विष्फोटमा...बाँकी

आफैंलाई गोली हानेर मरे प्रहरी हवल्दार !

नलगाड नगरपालिका– ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैंलाई कन्चटमा गोली हान्दा आइतबार बिहान उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन्...बाँकी

प्रदेश– ३ को राजधानी हेटौंडा कायम : मतदानद्वारा धुलिखेल अस्वीकृत

आइतबार बिहान बसेको प्रदेशसभा– ३ को बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई सो प्रदेशको स्थायी राजधानी कायम गर्न प्रस्तुत गरेको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ । सो प्रस्तावमा मतद...बाँकी

‘श्रीस्वस्थानी ब्रत’ सुरु : शालीनदीमा विशेष मेला, यस्ताे छ व्यवस्थापन र सुरक्षा तयारी

हरेक वर्षको पौष शुक्ल पूर्णिमामा सुरु हुने हिन्दू धर्मावलम्बीको ‘श्रीस्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा–आराधना’ शुक्रबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म हरेक दिन घरघरमा ‘श्रीस्वस्थानी ब्रतकथा’ भन्ने र सुन्ने प्रचलन छ । स्वस्थानीको ब्रत बस्दा र कथा भन्...बाँकी

फेरि अर्को वर्षा हुने : जाडोमा झन् लम्बिँदो छ हिउँदो झरी !

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभरिकै मौसममा बदली आई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि सुरू भएको झरी अझै केही दिन लम्बिने जानकारी मौसम पूर्वानुमान महाशाखाले द...बाँकी

‘विज्ञापन ऐन’ विरुद्ध सर्वोच्चमा रिट

सङ्घीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपतिद्वारा प्रमाणीकरण समेत भएर कार्यान्वयनमा आइसकेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६’ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई अधिवक्ता अनन्तराज लुइँटेलले बुधबार संवैधानिक इज...बाँकी

सञ्चारमन्त्री बाँस्कोटाको भाषण : ‘अबको पत्रकारिता स्वर्णयुगमा, कुण्ठित भए राजीनामा दिएर आन्दोलनमा उत्रन्छु’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दावी गरेका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको २३औं स्थापना दिवसका अवसरमा बुधबार बोल्दै संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैं राजीनामा दिएर आन्दोलनमा उत्...बाँकी

नीलबाराही रिसोर्टमा दिनहुँ जुवा खेलाइँदै : खालबाटै ७ लाखसहित १४ जना पक्राउ

मध्यपुर थिमी नगरपालिका– ९, नीलबाराही, टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको ‘नीलबाराही रिसोर्ट’ मा जुवातास खेलाइरहेको अवस्थाबाट प्रहरीले मंगलबार १४ जनालाई पक्राउ गरेको छ । सो रिसोर्टमा हरेक दिन जुवातास खेलाइने गरेको भनी प्राप्त सूचनाका आधारमा प्रहरीले छापा मार्दा तास खेलिरहेको स्थानबाट ७ ला...बाँकी

फरार अपराधी आफैं सुटुक्क अदालतमा

बारा प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेपछि कतिपय फरार अभियुक्त आफैं अदालतमा हाजिर हुन थालेका छन । प्रहरीले पक्राउ गर्दा समाजमा ‘प्रतिष्ठा घट्ने’ डरले उनीहरु आफैं अदालतमा हाजिर हुन थालेका हुन् । अदालतको फैसला कार्यान्वयनका लागि निर्देशन भएपछि फरार रहेका अभियुक्तलाई प्रहरीले धमाधम पक्...बाँकी