newskoseli.Com

रातारात सटर बनाएर खुलामञ्च नै ‘बिक्री’ : महानगरपालिका किन चुपचाप ?

राजधानीको मुटुमा अवस्थित सार्वजनिक खुला स्थान टुँडिखेल अर्थात् खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि त्यसलाई रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ । अनुमति नै नदिइएको बताउने महानगरपालिकाले पनि खुल...बाँकी

इरानी कच्चा तेल निर्यातमा अमेरिकी प्रतिबन्ध, भारतीय अर्थतन्त्रमा चौतर्फी प्रभाव

इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिइने ‘फैसला’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिसकेका छन् । अमेरिकाको यो ‘फैसला’ ले भारत र चीनलाई सर्वाधिक असर पर्ने देखिएको छ । यसबाट भारतमा कच्चा तेलको लागत ३ देखि ५ प्रतिशतसम्म बढ्ने आँकलन गरिएको छ । यसले महँगी बढ्ने र भारतीय र...बाँकी

जनप्रतिनिधिको कालो ‘धन्दा’ : भारतीय नागरिकलाई नेपाली नागरिकताको सिफारिस

भारतीय नागरिकलाई झापामा नेपाली नागरिकता बनाइदिन लागेको घटना सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका– २, का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो ‘जेठो छोरा’ बनाएर भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागको घटना बाहिर आएको हो । आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्न...बाँकी

सत्ताधारी नेकपा : अझै किन फुकेन जनवर्गीय संगठन र विभागहरुको गाँठो ?

पार्टी एकीकरण भएको एघार महिनापछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठन र केन्द्रीय विभागहरुको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा छलफल नै अगाडि बढ्न सके...बाँकी

आफ्नै पार्टीका मन्त्रीविरुद्ध पूर्वमन्त्रीको कटाक्ष ! (स्ट्याटससहित)

पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका बहालवाला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गरेका छन् । वैशाख ११ र १२ मा भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको आरोप अ...बाँकी

२१७ प्रतिशत महँगियो तरकारीको भाऊ !

पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाऊ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो । उपत्यकावासीको माग अनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भ...बाँकी

वर्षमै ६० करोड ६१ लाख घाटा : निल्नु न ओकल्नु चिनियाँ जहाज…

आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार आ.व. २०७४–०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकम बराबर नोक्सान गराएका हुन् । निगमलाई दुई वटा एमए सिक्स्टी ज...बाँकी

४ वर्षअघिको भूकम्पमा ज्यान गुमाएका ३१ जनाको अझै भएन सनाखत !

०७२ मा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवैशव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने भन्ने चुनौती पोस्टमार्टम गर्ने चिकित्सकलाई खडा भयो । डा. श्रेष्ठ भन्छन्– ‘दाँतको अवस...बाँकी

पटक–पटक भाडा समायोजन हुँदा पनि किन निहुँ खोजिरहन्छन् ट्याक्सी व्यवसायी ?

पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने ‘वैज्ञानिक भाडादर समायोजन नभएको’ भन्दै विरोध गर्दै आएका छन् । सरकारले पहिलो पटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो । २०६९ सालपछि पनि सार्वजनिक सवारीको दुई पटक भाडा समायोजन भएको छ । तर,...बाँकी

बालुवाटारको जग्गा यसरी भयो व्यक्तिको…

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला बस्न्यातले पर्ती, सरकारी र...बाँकी