newskoseli.Com

विप्लवप्रति वर्षमानको यति ‘तुच्छ’ टिप्पणी !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विगतमा आफ्नै समकक्षी सहयोद्धा रहेका विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति ‘तुच्छ’ टिप्पणी गरेका छन् । पछिल्लो पटक देशमा भएको रुपान्तरण नरुचाउने शक्तिले...बाँकी

नेकपाको एकता यसरी टुंग्याइँदैछ मंसिरभित्रै !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले मंसिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ । नेकपाको केन्द्रीय सचिवालयकाो बैठकले कात्तिक ८ मा दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कम...बाँकी

नेकपा केन्द्रीय नेताको प्रश्न : राजनीतिसहित जिम्मेवार निकाय र व्यक्तिहरु ‘दलाल’, गर्ने के हो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं चर्चित युवानेता लेखनाथ न्यौपानेले राजनीतिक, प्रशासनिक, सुरक्षालगायत जिम्मेवार निकाय र व्यक्तिहरु ‘दलाल’ भएको भन्दै आफू ‘निकै गम्भीर र निकै संवेदनशील’ भएको जनाएका छन् । सामाजिक सञ्जाल ‘फेसबुक’ मा शनिबार पाँचबुँदे ‘स्ट्याटस’ लेख्दै नेता न्यौपान...बाँकी

गणेशमान सिंहको जन्मदिन : प्रकाशमानले ओकले देउवाविरुद्ध आगो

२०४६ को ऐतिहासिक जनआन्दोलनका कमान्डर एवं नेपाली कांग्रेसका ‘सर्वमान्य’ नेता गणेशमान सिंहको १०४औं जन्मदिनका शनिबार विविध कार्यक्रमका साथ मनाइँदैछ । सोही अवसरमा शनिबार बिहान गणेशमान सिंह फाउन्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा दिवंगत नेता सिंहका योगदानको चर्चा गर्दै उनको सालिकमा माल्यार्पण...बाँकी

लुम्बिनी झकिझकाउ : पहिलो पटक ‘त्रिपिटक’ वाचनको भव्य तयारी

नेपालमै पहिलो पटक हुन लागेको ‘त्रिपिटक वाचन’ कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश–विदेशबाट उपस्थित हुने सयौं भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो । सरसफाइ गर्ने, पुष्पगुच्छाले सिँगार्ने, बौद्ध झण्डा, तुल...बाँकी

नेपाल सम्बत् ११३९ सुरु, किन गरिन्छ म्हः पूजा ?

बिहीबार देशभर विविध कार्यक्रम गरी नेपाल सम्बत् ११३९ मनाइँदैछ । यस सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरुआत गराएका थिए । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय स...बाँकी

ओलीजीसँग भिजन र संकल्प छ, विकल्प सोच्नै सकिन्न : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने जिकिर गरेका छन् । ‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न, यो सरकारले काम गरेर देखाउँछ,’ रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको देउसी–भैलो कार्यक्रमम...बाँकी

कांग्रेस उपसभापतिमा दुई मधेसी : वरिष्ठतामा को अगाडि ?

मंगलबारदेखि नेपाली कांग्रेसमा मधेसबाटै प्रतिनिधित्व गरेका दुई नेता उपसभापति भएका छन् । विमलेन्द्र निधि केही महिनाअघि उपसभापतिमा मनोनीत भएका थिए । अर्का नेता विजयकुमार गच्छदार मंगलबार उपसभापतिमै मनोनीत भए । यी दुई नेताामध्ये को वरिष्ठ भन्ने अर्को प्रश्न कांग्रेसमा खडा भएको छ । यद्यपि पहिले मनोनीत ...बाँकी

‘वातावरण र विकास अन्योन्याश्रित’ : वनमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयको प्राथमिकता र दृष्टिकोण वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक–अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्नु रहेको बताएका छन् । आइतबार आफ्नै कार्यकक्षमा कुरा गर्दै मन्त्री बस्नेतले सोही अनुसार नै मन्त्रालयले आफ्ना योजना अघि बढाइरहेको र विकासलाई...बाँकी

वरिष्ठ वामनेता पद्मरत्न तुलाधरको निधन

  वरिष्ठ वामपन्थी नेता, मानवअधिकारवादी एवं नागरिक अगुवा पद्मरत्न तुलाधरको आइतबार दिउँसो निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा तुलाधरको निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या आएपछि तुलाधरलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । त...बाँकी