newskoseli.Com

नेकपाको चियापान : प्रचण्ड–माधव नेपालबीच चल्यो यस्तो ठट्टा !

माधव नेपालः बैठक कहिले बस्छ ? कार्यक्रम मिलाउनुपर्ने हुन्छ... प्रचण्डः फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो ? सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापानकै क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजनीतिक ठट्टा चल्यो । आगन्तुकहरुलाई स्वागत गर्नमै व्यस्त...बाँकी

सरकारलाई देउवाको चुनौती : प्रहरी बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔं !

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्न नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई चुनौती दिएका छन् । नेपाल तरुणदल स्थापनाको ६५औं वर्षगाँठका अवसरमा शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदान–प्रदान ए...बाँकी

सत्ताधारी नेकपालाई आयोगले दियो ‘आधिकारिता’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको इजलासबाट नामसम्बन्धी विवादको फैसला गर्दै आयोगले सो निर्णय गरेको हो । ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ को दफा ४ को उपदफा २ मा ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानुन अनुसार आयोगमा दर्ता रहे...बाँकी

१७ डीआईजीको हेरफेर : को–को, कहाँ–कहाँ ? (सूचीसहित)

मंगलबार प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी नायव महानिरीक्षक (डीआर्इजी) हरुको पदस्थापन गरेको छ । कार्यालयले असोज २८ देखि लागू हुने गरी उनीहरुको पदस्थापन गरेको हो । असोज २८ को मन्त्रिपरिषद बैठकको निर्णय अनुसार बढुवा भएका डीआर्इजीहरुलाई पदस्थापन गर्न गृह मन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्याल...बाँकी

किन भैरहन्छ यात्रुमाथि ड्राइभर–कन्डक्टरको दुर्व्यवहार ?

शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भीड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले 'मन लागेको ठाउँमा बस्न निजी गाडी होइन' भन्दै उनलाई झपारे । सार्वजनिक यातायातमा यात्रु र सहचालकबीच भाडा, सिटलगायतका विषयमा दैन...बाँकी

यस्ता पनि अस्पताल : हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि !

दसैंको महाअष्टमीका दिन देब्रे छाती बेस्सरी दुखेपछि चाँगुनारायण नगरपालिका, बागिश्वरीका– ४४ वर्षीय रामकृष्ण गिरी उपचारका लागि भक्तपुर अस्पताल आइपुगे । बिदाका दिन ओपीडी सेवा बन्द हुने भएकाले आकस्मिक कक्षमा रहेका चिकित्सककहाँ उनले स्वास्थ्य परीक्षण गराए । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले ‘ग्यास्...बाँकी

प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत : के–के निर्णय गर्‍यो नेकपा सचिवालय बैठकले ?

प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि दिएको राजीनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले अस्वीकृत गरेको छ । श्रेष्ठले तीन महिनाअघि दिएको राजीनामा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अस्वीकृत गरेको हो । बैठकका निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने...बाँकी

सरकारलाई निधिको सुझाव : दुईतिहाइ निरर्थक हुन नदिन गम्भीर बनोस् !

वर्तमान सरकार दुईतिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार स्वयं नै गम्भीर बन्नुपर्ने सुझाव नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले दिएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताका पक्षमा तल्लीन भएर काम गर्न सरकारलाई सुझाव दिएका हुन् । कांग्रेसको विधाननु...बाँकी

रामवीरको राजीनामा फिर्ता : टुंगियो उपनिर्वाचनको बहस

वर्दियाबाट पराजित नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसदमा पठाउने भन्दै प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन स्वीकृति माग्दै पार्टी नेतृत्वलाई बुझाएको पत्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकले अस्वीकृत गरी ‘यसबारे कुनै निर्णय गर्नु नपर्ने’ निर्णय लि...बाँकी

बालुवाटारमा नेकपा सचिवालय बैठक : मन्त्रीहरूको फेरबदलबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ । बैठकले पूर्वनिर्धारित अन्य कार्यसूचीका अलावा मन्त्रीहरुको फेरबदल सम्बन्धमा समेत छलफल गर्ने बुझिएको छ । बिहान ११ बजेपछि बस्ने भनिएको बैठक केही ढिलो गरी बस्न लागेको हो । यसअघि असोज २४ मा ...बाँकी