newskoseli.Com

नेपालमै पहिलो प्रदेशसभा बैठक सुरु

नेपालको इतिहासमै पहिलो पटक प्रदेशसभाको बैठक सुरु भएको छ । हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावपछि पहिलो पटक ३ नं. प्रदेशसभाको पहिलो बैठक बिहीबार दिउँसो हैटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्य...बाँकी

वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी

कार्यालय प्रमुख सहितका कर्मचारीले आर्थिक प्रलोभनमा परी काठ लिलामीमा अनियमितता गरेको भन्दै जिल्ला वन कार्यालय सुनसरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । काठ लिलामसम्बन्धी कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवी प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण...बाँकी

रूख काट्दा घरैमा बसेकी वृद्धाको मृत्यु

आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका– २ मा वृद्धा युकुमारी शाहको मृत्यु भएको छ । गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा रुख घरतर्फ ढल्न पुगेर ८९ वर्षीया शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको आँगनमा बसिरहेकी वृद्धालाई विद्युतीय ता...बाँकी

राजधानीमा बलात्कार र लुटपाटका घटना : प्रहरी नै अनुसन्धानको घेरामा !

राजधानीमा हालै घटेका बलात्कार र लुटपाटका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको समेत बदमासी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले ती घटनाका सम्बन्धमा ५ प्रहरीमाथि अनुसन्धान थालेको छ । बिहीबार दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक ब...बाँकी

६ दिन पछि जंगलमै भेटिए हाइकिङ जाँदा हराएका जोन तामाङ

अपडेटः फुल्चोकीमा हाइकिङ जाँदा ७ दिन अघि हराएका बालक जोन तामाङ भेटिएका छन् । उनी फुल्चोकीको जंगलमा फेला परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने– “हामीले फुल्चोकीबाट ल्याएर अहिले बीएन्डबी अस्पतालमा पुर्‍याएका छौं ।” बालक सकुशल भेटिएकाले अरु विषयमा बिस्तारै अनुसन्धान हुने प्...बाँकी

प्रदेश सरकारका लागि धमाधम खटिइरहेछन् कर्मचारी…

सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि धमाधम कर्मचारी खटाइरहेको छ । सातवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिव ५ सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिए । खटिएकामध्य...बाँकी

के हुँदैछ बेपत्ता छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगको भविष्य ?

द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन नभएका कारण समयावधि थपका लागि ती अायाेगले सरकारलाई औपचारिक रुपमा पत्र पठाएका छैनन् । अध्यादेशमार्फत दुवै आयोगको अवधि एक वर्ष थप्न सकिने गरी सरकारले कानुन संशोधन गरे पनि...बाँकी

विगतको अभ्यास र मान्यतामा होइन, आजको आवश्यकता र नयाँ मान्यतामा छिमेकीसँग सम्बन्ध : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राखिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६७औं साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन साेमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ...बाँकी

‘पत्रकारको दुर्घटना बीमालाई जीवनबीमा बनाइयोस्’

सरकारले हाल पत्रकारहरुका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न नेपाल पत्रकार महासंघ काठमाडाैं शाखाले माग गरेको छ । निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउन समेत महासंघ काठमाडाैं शाखाले माग गरेको छ ।...बाँकी

सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने

खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानुन ल्याउन लागेको आपूर्ति मन्त्री जयन्त चन्दले बताएका छन् । सञ्चार केन्द्र नेपालले अाइतबार राजधानीमा आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तर्क्रियामा बाेल्दै कडा कानुनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै ग...बाँकी