१५ पुष, २०७३ |
विक्रम गिरी/ रासस
सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा शुक्रवार भिड्दै छन् । दुवै टोली केहीबेरपछि यहाँस्थित बैजनाथपुरको खेल मैदानमा फाइनल खेल्ने तयारीमा छन् ।
बिहीबार बैजनाथपुर खेल मैदानमा सम्पन्न खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले तथा सशस्त्र प्रह...बाँकी
१३ पुष, २०७३ |
विक्रम गिरी/ रासस
सुनिता बोहराको एउटै धेय छ, ज्यानले साथ दिँदासम्म जुडो खेल्ने । त्यसमा घरपरिवारको साथ र सहयोग आवश्यक छ । म्याचमा उत्रेपछि उहाँको लक्ष्य स्वर्ण पदक चुम्ने मात्र हुन्छ । अहिलेसम्म खेलपिच्छे प्राय स्वर्ण पदकमा कब्जा पनि जमाउनुभएकै छ ।
पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदकमा चित्त बुझाए पनि ...बाँकी
१३ पुष, २०७३ |
विक्रम गिरी/ रासस
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ ।
निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि दुवै टोलीका खेलाडीले अँध्यारोमा खेल्न नमानेपछि खेल स्थगन गरिएको थियो । साँझ...बाँकी
११ पुष, २०७३ |
विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा नगद पुरस्कार घोषणा गरेको हो ।
स्वर्ण पदक जित्नेलाई नगद रु १० हजार, रजत प...बाँकी
११ पुष, २०७३ |
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन् ।
धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल ...बाँकी
१० पुष, २०७३ |
विक्रम गिरी/सुरेन्द्र भण्डारी
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न ९ वटा स्पर्धामा मध्यमाञ्चलले ५ वटामा जित हासिल गरेको छ भने नेपाली सेनाले २ तथा सुदूरपश्चिमाञ्चलले १ स्वर्ण पदक जितेका छन् ।
मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६...बाँकी
१० पुष, २०७३ |
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिवार झापाको काँकडभिट्टामा भएको खेलमा व्याडमिन्टन टिम इभेन्टस्तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष टिम इभेन्टसतर्फ सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई २–० ले हराउँदै फ...बाँकी
८ पुष, २०७३ |
राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरिन् । सो अवसरमा उनले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरिन।
विराटनगरको आदर्श र गौरवका रुपमा रहनुभ...बाँकी
८ पुष, २०७३ |
नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये टेनिस खेल भोलिदेखि पोखरामा सुरु हुने भएको छ ।
नेपाल टेनिस सङ्घद्वारा शुक्रबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागी टिमहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित...बाँकी
७ पुष, २०७३ |
न्युजकोसेली संवाददाता
सरकारले पूर्व घोषणा अनुसार सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टिमका सदस्य जनही ३ लाख दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहन स्वरुप ७५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । नेपालले सोलिडारिटी कप जितेपछि प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई ज...बाँकी