newskoseli.Com

आफैंले गरेको ‘बाचा’ किन तोडे प्रधानमन्त्री ओलीले ?

साउनमा डा. गोविन्द केसी १५औं अनशनमा थिए । अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठ्यारोमा पर्दै थियो । त्यसपछि प्रधानमन्त्री केपी ओली आफैंले सहमतिको पहल गरे । रातारात बैठक बस्यो, सम्झौता भयो र २७औं दिनमा केसीले अनशन तोडे । साउन १० मा सरकार र केसीबीच सहमति भएको थियो । डा. केसीलाई जुस खुवाएर अन...बाँकी

जेल गएकै दिन शौचालयको झ्यालमा झुन्डिएर आत्महत्या

श्रीमती हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका– ५, लापिलाङका २४ वर्षीय च्याङ्बा शेर्पाले मंगलबार राति कारागारभित्रै झुन्डिएर आत्महत्या गरेको जानकारी प्रहरी नायब उपरीक्षक बासुदेव पाठककले दिएका छन् । शेर्पाकी श्रीमती सर्किनी शेर्पा पुस १६ मा आफ्नै कोठामा पासो लगाई मृत अव...बाँकी

४ किलो सुनलाई ‘तामा’ बनाइएको काण्डका एसपी हटाइए

तामा र ढलोटलाई ‘सुन’ भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विश्वकर्मा हटाइएका छन् । उनलाई बुधबार धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार वैदवारलाई पठाइएको छ । अभियुक्तलाई सामान्य सोधपुछ समेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई ह...बाँकी

‘जिउँदा सहिद’ मुकेश, जो १३ वर्षदेखि ओछ्यानमै छन्…

देशभर दोस्रो जनआन्दोलन चर्किरहेको थियो । २६ चैत, ०६२ मा बनेपा– ४, काभ्रेका भीमसेन दाहाल पोखरामा सुरक्षाकर्मीको गोलीबाट मारिए । दाहालको मृत्युपछि काभ्रे झन् बढी आन्दोलित बन्यो । काभ्रेवासीले आन्दोलन सुरु गरे । २७ चैतमा बनेपामा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश कायस्थ घाइते भए । सोही दिनदेखि...बाँकी

महानगरको सडकमा सेन्सरवाला सडकबत्ती : अँध्यारो हुँदा आफैं बल्ने, उज्यालो हुँदा आफैं निभ्ने

काठमाडौं महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भएका छन् । अँध्यारो हुन थालेपछि आफैं बल्ने र उज्यालो हुनासाथ स्वतः निभ्ने गरी सेन्सर जडित बत्ती जडान गरेको कामपाले जनाएको छ । ती बत्तीको ...बाँकी

‘भीआईपी’ को तस्बिरपछि मार्सी चामलको माग बढ्यो !

पछिल्लो समयमा कालीमार्सी चामलसँग जोडिएर नेपाली राजनीति र व्यावसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्यङ्ग्य प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ । राजनीतिक चर्चा सुनेरै बिर्तामोड अन्तर्राष्ट्रिय व्यापारिक महोत्सवस्थलसम्म जुम्ली मार्सी ...बाँकी

कोसी ब्यारेज : सम्झौताको ६३ वर्षदेखि ३ पुस्ताले लड्यो मुआब्जाको लडाइँ !

नेपाल–भारतबीच कोसी ब्यारेज निर्माणको सम्झौता भएको ६३ वर्ष बितिसक्दा पनि पीडितले मुआब्जा पाएका छैनन् । कोसीमा बाँध निर्माण गर्दा स्थानीयको जग्गालाई क्षति पुग्ने भएपछि पीडितलाई क्षतिपूर्ति दिने सहमति दुई देशबीच भएको थियो । कोसीपीडितहरु ६३ वर्षदेखि मुआब्जाको पर्खाइमा छन् । नेपालमा २२ जना प्रधानमन...बाँकी

मलेसियामा २ हजार नेपाली श्रमिकको हडताल फिर्ता, काममा फर्कन सहमत

मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत रही ड्तालमा उत्रेका झन्डै २ हजार नेपाली श्रमिक बुधबारदेखि काममा फर्कन सहमत भएका छन् । तीन महिनादेखि तलब नपाएपछि उनीहरू सोमबारदेखि हडतालमा थिए । क्वालालम्पुरस्थित नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको रोहबरमा कम्पनीले फागुन १६ (फेब्रुअरी २८) भित्र...बाँकी

सिंहदरबारको रूप फेरिँदैछ यसरी !

सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगका कार्यालय, सडक र झाडी सफार्इ अभियानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितका उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो । मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङर...बाँकी

७०५ वर्षपछि नेपालमा हुँदै ‘श्रीराम तारकब्रह्म महायज्ञ’ !

७ सय ५ वर्षअघि भारतमा भएको श्रीराम तारकब्रह्म महायज्ञ अब नेपालमा हुने भएको छ । नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त महायज्ञ सुनसरीको बराह क्षेत्र चतराधाममा माघ २७ मा सुरु हुनेछ । हरित, स्वच्छ, स्वावलम्बी, समृद्धि र संस्कारी नेपालको कामनासहित चतराधामस्थित जगतगुरु रामानन्दाचार्य सेवापीठमा ...बाँकी