newskoseli.Com

पुनर्स्थापना केन्द्रमै ‘सेवाग्राही’ को शंकास्पद मृत्यु, हत्या गरेको परिवारको आरोप

ललितपुरको महालक्ष्मी– ४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । सोलुखुम्बुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र विर्तामोड– ४, झापाका ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहर...बाँकी

१ महिनामा २१२ लाई राजधानीमै स्वाइन फ्लु, १ को मृत्यु

राजधानी काठमाडौंमा एक महिनामा २ सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट अनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच १ एन १ पीडीएम ०९’ का २ सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् । ओम अस्पतालको आर्इसीयूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।...बाँकी

सञ्चार मन्त्रीविरुद्ध मुद्दा : आरोप– सर्वोच्चको आदेशको अवहेलना…

नेपाल टेलिकमअन्तर्गतको वायरलेस तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पालना नगरेको भन्दै सूचना तथा स‌ञ्चार मन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध बुधबार अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चबाट अन्तरिम आदेश जारी भएकै ...बाँकी

सभामुख महरासँग सत्तापक्ष नै ‘सशंकित’ !

कांग्रेसका सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने– ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु ।’ सांसदहरु गललल्ल हाँसे ।’ ‘श्रेष्ठ होइन सिंह’– फ्लोरबाट आवाज आएपछि महराले भने– ‘सरी–सरी, सिंह... ।’ त्यसपछि कांंग्रेस नेता सिंह बोल्न थाले– ‘आज त सभामुखज्यू सुरुमै चिप्लिनुभय...बाँकी

मोटरसाइकलबाट ‘यात्रु सेवा’ : भ्याटमा दर्तै नभर्इ भटाभट भ्याट असुली !

‘टुटल’ का नाममा मोटरसाइकलमा यात्रु बोक्ने ‘सेवा’ को व्यापार गरिरहेको ‘हाइपर लुक्स नेपाल’ ले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नै नभई सेवाग्राहीबाट भ्याट असुली गरिरहेको खुलेको छ । मुलुकको कानुन अनुसार कुनै पनि कम्पनी वा संघ–संस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदै...बाँकी

पश्चिमी पहाडमा व्यापक हिमपात, जनजीवन ज्यादै कष्टकर

सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका केही जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो । दार्चुलाका लेकाली वस्ती र हिमाल सेताम्य भएका छन् ।...बाँकी

चन्दा उठाएर ‘बाँदर धपाऊ अभियान’ !

‘बाँदर–आतंक’ नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका वासिन्दाले ‘बाँदर धपाऊ अभियान’ सुरु गरेका छन् । बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण कपिलासगढी गाउँपालिका– ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी तथा वडा नम्बर ३ को बाँसपानी र वडा नम्बर ५ को सप्तेश्वरी तथा...बाँकी

मलेसियामा नेपाली कामदार… : यसरी ‘कचल्टियो’ सरकारको चाहना

नेपाली श्रमिक मलेशिया पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष मलेसियाली सरकारले नेपाल सरकारलाई सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ । श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेस...बाँकी

सेनाले पहिलो पटक गर्‍यो ‘नक्सा पास’, बुझायो ६० लाख शुल्क

नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको ‘नक्सा पास’ गराएको छ । सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसामियक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिव ६० लाख रूपैयाँ शुल्क बुझाएको छ । नगर कार्यपालिकाको निर्यणअनुसार भवन निर्माण अनुमतिमा ल...बाँकी

गुठीको जग्गा माफियाको मुठीमा : कति मन्दिर लोपै भइसके, ‘भगवान्’ का मूर्ति समेत बेचिए

जनकपुरधाम हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । अतिक्रमणले धार्मिकस्थलका पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि ...बाँकी