newskoseli.Com

खुल्यो लोकसेवा : ३ सय पदका लागि विज्ञापन प्रकाशित

दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेका बेला लोकसेवा आयोगले झन्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ । आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेव...बाँकी

घुमुवा यी कर्मचारी : २ महिनामै ९ सयले गरे विदेश भ्रमण !

सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमण तीव्र बनाएका छन् । निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सूची संकलन गरेको हो । पछिल्लो दुई महिना– असोज र कात्तिकमा मात्र ९ सय...बाँकी

बच्चा जन्माएर आमाले नै डोकोमा राखेर फाल्न थालेपछि…

खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छन् । खाँदबारी– ६, मयमकी ३७ वर्षीया फूलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् । एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । उनको पति टंकमान राईको केही वर्षअघि नै मृत्...बाँकी

अढार्इ करोड गुमाएर फर्किए अमेरिका हिँडेका यी युवा !

करिव एक वर्षअघि अमेरिका हिँडेका दुई युवा साढे दुई करोड रुपैयाँ सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया र क्युबा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजाय समेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् । रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर...बाँकी

विद्यार्थीको भविष्यसँग जिस्कन्छन् त्रिविका कर्मचारी !

कोठा नम्बर १८ को झ्याल नजिकै आँशु पुछिरहेकी थिइन् विनिता बस्नेत । ट्रान्स्क्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो । आँसु बग्यो कार्यालय परिसरभित्रै । रिसाउँदै कर्मचारीले भन्दै थिए– ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ कराएर मात्रै हुन्छ ?’ आफूभन्दा एक हप्तापछि बुझाएको साथीले ट्रान्स्क्रिप्ट पा...बाँकी

सर्वोच्चले सोध्यो : एउटै नामका दुई नेकपा कसरी दर्ता भए ?

नेपाल कम्युनिस्ट पाटी (नेकपा) भन्ने एउटै नाममा दुई वटा पार्टी कसरी दर्ता भए भन्दै सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई प्रश्न सोधेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारणदेखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो । नेकपाविरुद्ध २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रि...बाँकी

याे पनि परम्परा : जहाँ मान्छेको दाँतले काटेर ६४ वटा बोका मारिन्छ

सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् । प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी–पहिरोले दुःख नदिने र म...बाँकी

‘सुधारगृह’ मा पनि ‘यौन दुराचार’ !

राजधानीको सुकेधारास्थित ‘ट्रान्स्फरमेसन नेपाल’ नामक ‘सुधारगृह’ मा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त ‘सुधारगृह’ बाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धार समेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि ‘सुधारगृह’ मा यौन दुराचार समेत हुन...बाँकी

३ पत्नीसँग एकै दिन सम्बन्ध–विच्छेद ! तेस्रो बिहे गरेर थुनामा…

बाँकेको विकट नरैनापुर गाउँपालिका– १, मतनियाँका ५१ वर्षे नुर मोहम्मद खाँले एकै दिन तीन पत्नीसँग सम्बन्ध–विच्छेद गरेका छन् । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई ‘तलाक’ दिएका हुन् । खाँले तीनै जना श्रीमतीलाई सम्बन्ध–विच्छेद दिएको नरैनापुर गाउँपालिकाका...बाँकी

सेनामा सानालाई ऐन, ठूलालाई चैन ! पहुँचवालाले नियम तोड्दा अवसर, सानाले तोडे बर्खास्त…

नेपाली सेनामा कार्यसम्पादन, सरुवा, बढुवासम्ममा ‘ठूला’ र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ । तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा समेत कारबाही नहुने गरेको स्थिति सेनाभित्र देखि...बाँकी