newskoseli.Com

अश्लील वेबसाइटहरु बन्द गर्दै सरकार

यौनजन्य (अश्लील) सामग्री प्रकाशन गर्ने वेबसाइटहरु सरकारले बन्द गराउने भएको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य (अश्लील) सामग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै सरकारले त्यस्ता वेबसाइटहरु बन्द गराउन लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्...बाँकी

प्लास्टिक मात्रै डेढ करोडको गायब ! डीडीसीमा यस्तो चलखेल…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध–दही प्याकेजिङ गर्ने प्लास्टिक (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयात गर्छ । एक केजी प्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दूध र ३ सय प्याकेट दही प्याकिङ गर्छ । आर्थिक वर्ष २०७३–७४ मा ८० लाख ८७ हजार रुपैयाँको प्लास्टिक बढी खपत भएको देखियो । ...बाँकी

सिंहदरबारमै ‘सुरक्षा थ्रेट’ ! पश्चिम गेट यसकारण बन्द…

सुरक्षाको कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम–उत्तरको दुई नम्बर गेट सर्वसाधारणका लागि बन्द गरिएको छ । सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना) को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको छ । सुरक्षाकर्मी र कार्यालय समयमा न...बाँकी

विप्लवका कति नेता–कार्यकर्ता छन् देशभरका हिरासतमा ? वार्ताका लागि विप्लवका ३ सर्त…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई अदालतले छाड्न आदेश दिए अब अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्य...बाँकी

देउरानी–जेठानीबीचको झगडाले शिशुको मुखमा एसिड !

तुर्माखाद गाउँपालिका– ४, चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पारिवारिक कलहकै कारण भएको खुलेको छ । पारिवारिक कलहकै कारण आफैंले एसिड छ्यापेको उनकी २१ वर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष स्वीकारेकी छन् । मृतककी आमा र जानकी घरका जेठानी–देवरानी हुन् भने माइतीघरका पनि सहोदर दिदी–बहि...बाँकी

काठमाडौं–तराई द्रुतमार्गको ‘डीपीआर’ कोरियाली कम्पनीले बनाउने

कम समय र खर्चमा राजधानीबाट तराईसम्म आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौं–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ । ‘राष्ट्रिय गौरवको आयोजना’ का रुपमा पहिलो प्राथमिकतामा रहेको उक्त द्रुतमार्ग...बाँकी

सैनिक हेलिकप्टरमा ८ सय घन्टा उडान, ‘भीआईपी’ को लर्को

सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्षको अवधिमा ८ सय घन्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । दिनको १२ घन्टा निरन्तर हेलिकप्टर उडाउने हो भने यो समय (८०० घन्टा) को ६७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो । नेपाली सेनाबाट...बाँकी

निर्मला पन्त चाहन्थिन् शिक्षिका वा नर्स बन्न : अझैसम्म डराउँछन् उनका साथीसँगी…

निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठी समेत भयभीत छन्, कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा–जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् । भीदत्त नगरपालिका– २, उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरि...बाँकी

लोकसेवा खुल्दै : खरिदारदेखि सहसचिवसम्मको भर्ना…

संघीय निजामती सेवा ऐन, २०७५ को मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइए पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐन, २०७५ लागू नभएको कारण देखाउँ...बाँकी

दिनहुँ ३ जनामाथि बलात्कार, २ जनाको हत्या !

आ.व. २०७४/०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो । आ.व. ०७३/७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, यस आ.व. मा बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् । आर्थिक वर्ष ०७४/७५ मा १ हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए । यस आधारमा दैनिक ३ भन्दा धेरै बलात्कारका घटना हुने गरेको देखिन्छ । अघिल्ला...बाँकी