newskoseli.Com

प्रहरीकै निष्कर्ष : निर्मला प्रकरणमा प्रहरी अधिकृतबाटै ‘गम्भीर लापरबाही’

निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर प्रहरी प्रधान कार्यालयले गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुबाट ‘गम्भीर प्रकृतिको लापरबाही भएको’ ठहर एआर्इजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले गरेको हो । तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी...बाँकी

नेपाली सेनाले ‘एम–१६’ राइफल किन्दै अमेरिकाबाट…

नेपाली सेनाले ‘इन्सास’ र ‘एसएलआर’ हतियार विस्थापन गरेर मातहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ । करिव १५ वर्षपछि एकै पटक ‘एम–१६’ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो । एउटा ‘एम–१६’ राइफलको मूल्य १ हजार ५ सयदेखि...बाँकी

छानबिनमा १५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र…

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । आयोगका अनुसार निजामती, प्रहरी, संस्थान, शिक्षण संस्था तथा स्थानीय तहमा धेरै कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । गत साउन र भदौमा मात्र आयोग...बाँकी

पूर्वराजा ज्ञानेन्द्र ४ देशको ‘रहस्यमय भ्रमण’ मा !

पूर्वराजा ज्ञानेन्द्र शाहले २०७५ को असोज महिना पूरै विदेशमै रमाएर बिताउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देश–देशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । २०७५ भदौ २९ देखि थाइल्याण्ड भ्रमणमा...बाँकी

सांसद बन्न गौतमका दर्जन प्रयास : ओलीलाई ‘घेराबन्दी’ गर्न प्रचण्डको ‘वामदेव कार्ड’ !

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वर्दिया– १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसदमा जान लागिपरेका छन् । ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए । तर, वर्दियामा तत्कालीन एमाले र माओवादी...बाँकी

क–कसका गुट छन् नेकपाभित्र ? गुटैगुटको यस्तो छ नालीबेली !

पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ । पार्टी एकता भएकै दिनदेखि वरिष्ठ नेता झलनाथ खनालले वरियताको एजेन्डा उठाएको उठायै छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा नै दिनुपर्ने अवस्था आयो । उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन । अर्का वरिष्ठ नेत...बाँकी

खानेपानी लिन समेत भारत जान बाध्य यी नेपाली…

नेपालीहरु सामान किनमेलका लागि सीमवर्ती भारतीय बजारमा जानु नौलो कुरा होइन । तर, दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोइलावासका स्थानीयलाई भने खानेपानीका लागि समेत भारत पुग्नुपर्ने बाध्यता छ । वर्षौंदेखि कोइलाबासका स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएक...बाँकी

साँघुरो भयो शितलनिवास, प्रहरीको २३६ रोपनी जग्गा दिने निर्णय !

नेपाल प्रहरीअन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयका नाममा दिने निर्णण सरकारले गरेको छ । हाल राष्ट्रपति कार्यालय रहेको शितलनिवासलाई पर्याप्त जग्गा नभएको भन्दै सरकारले प्रहरी प्रतिष्ठानको नाममा रहेको २ सय ३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराउने...बाँकी

गोरु ठानेर लखेट्दा भालुको आक्रमण, मानबहादुरको गुप्ताङ्गमा गम्भीर चोट

अर्घाखाँचीको सितगङ्गा नगरपालिका– १०, सिद्धरा, काठेखोलाका मानबहादुर नेपाली शनिबार भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । कोदो बारीमा कोदो खाँदै गरेको अवस्थामा गोरु ठानेर लखेट्न जाँदा नेपालीलाई भालुले आक्रमण गरेको थियो । उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट ला...बाँकी

मेलम्ची आयोजनाको सिमेन्ट ड्राइभरले अन्तै बेचिदिएपछि…

मेलम्ची खानेपानी आयोजनाका लागि ल्याइएको सिमेन्ट चालकले तारामाराङको एक पसलमा बेचेको खुलासा भएको छ । ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रकमा ल्याइएको उक्त सिमेन्ट ओजानको स्टोरमा ‘बुझेको’ देखाएर बाहिर बिक्री गरेको प्रहरीले जनाएको छ । आयोजनाको मुहानस्थित अम्बाथानमा ३ सय ४० बोरा सिमेन्ट ‘अनलोड’ गराएको भर्...बाँकी