newskoseli.Com

९ कक्षाकी रिताको पौरख : बिहानभरि विद्यार्थी, दिनभरि सफारी चालक

रिता कार्की जम्माजम्मी १४ वर्षकी भइन् । बेलबारी नगरपालिका– ११, लक्ष्मीमार्ग, मोरङ हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि ‘सिटी सफारी’ को ह्यान्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्– ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछेउकै स्कुलमा बिहान...बाँकी

‘गाली गरेको’ निहुँमा ढुंगाले हानेर बालकको हत्या !

छबीसपाथीभेरा गाउँपालिका– ७, मजखोरीका महेश बोहराका ९ वर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । सोही ठाउँका ध्वज बोहराका १७ वर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् । तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिलो गरेक...बाँकी

प्रदेश सरकारहरु ‘निकम्मा’ : प्रधानमन्त्री ओली जिम्मेवार !

देशमै पहिलो पटक प्रादेशिक सरकारको अभ्यास सुरू भएको भर्खर ६ महिना पूरा भएको छ । यस अवधिमा ७ वटा प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट पारित गरिसकेका छन् र प्रदेशको न्यूनतम भौतिक पूर्वाधार र कर्मचारीको प्रबन्ध गरिएको छ । तर, विकास–निर्माण, सेवा–प्रवाह र शान्ति–सुरक्षाजस्ता स...बाँकी

तल झर्‍यो नेपाल : मानव विकास सूचकांक…

अन्य मुलुकहरुको गति अनुसार विकास हुन नसक्दा नेपाल मानव विकास सूचकांकमा एक स्थानले तल झरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक १ सय ४९औं स्थानमा छ । १ सय ८९ मुलुकमध्ये सन् २०१६ मा नेपाल १ सय ४८ स्थानमा थियो । यस...बाँकी

अख्तियारद्वारा रंगेहात समातिएका यी प्रहरीहरू (नामावलीसहित)…

मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकै पटक पक्राउ परेका छन् । २ असर्इसहित ९ प्रहरी शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अप्रेसन’ मा परेका हुन् । को–को समातिए रंगेहात ? असई सुवा ढुंगाना– ४५ हजार हवल्दार दीपक भारती– ४५ हजार असई गोपाल श्र...बाँकी

४४ वर्षपछि धमाधम जलाइँदै बेवारिसे शव !

सनाखत नभएका बेवारिसे शव ४४ वर्षपछि जलाउन थालिएको छ । व्यवस्थापन गर्ने जग्गाको अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले त्यस्ता शव जलाउन सुरु गरेको हो । विभागले फ्रिजमा राखेका त्यस्ता ५९ वटा बेवारिसे शवमध्ये ९ वटा जलाइसकेको छ । सामान्यतः विश्वमै कहीं पनि बेवारिसे शव जलाइँदैन । यस्ता शवलाई गाडेर ‘व्यवस्...बाँकी

वामदेवले ताके बाँके– ३ : रोकाया भन्छन्– ‘पार्टीले निर्णय गरे छोड्छु’

पछिल्लो चुनावमा पराजित नेकपाका नेता वामदेव गौतमलाई ‘जसरी पनि’ सांसद बनाउन उनको पार्टी प्रयासरत छ । वामदेवका लागि डोल्पामा ठाउँ ‘खालि गराउन’ खोजियो । तर, त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीको ध्यान बाँके– ३ मा केन्द्रित भएको छ । त्यो मिलाइदिन महासचिव विष्णु पोडेल लागिपरेका छन् । पौडेलले बाँक...बाँकी

पक्राउ पर्न १ लाखभन्दा बढी, कैद भुक्तान बाँकी १ लाख १२ हजार वर्ष !

सर्वोच्चलगायत देशभरका अदालतबाट दण्ड–जरिवाना सुनाइएका १ लाखभन्दा बढी व्यक्ति पक्राउ पर्न बाँकी छन् । हत्या, बलात्कार, ठगी, अपहरण, मानव बेचबिखनलगायतका फौजदारी मुद्धा ठहर भर्इ पक्राउ पर्न बाँकी ती व्यक्तिले १ लाख १२ हजार वर्षको कैद भुक्तान गर्न बाँकी छ । सर्वोच्च, उच्च, जिल्ला अदालतबाट भएका फैसला का...बाँकी

सचिवालयका कर्मचारीको चेतावनी : थप सेवा-सुविधा नदिए बैठकै नचलाउँदैनौं…

अतिरिक्त समयमा काम गरेबापत थप सेवा-सुविधा नपाए समितिका बैठक चलाउन नसकिने भन्दै संघीय संसद सचिवालयका कर्मचारीले सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् । यसअघि दिँदै आएको सबैखाले सेवा-सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको हो । २०७४ माघ ७ सम्म कर्मचारीलाई बिहान र बेलुकी ...बाँकी

‘डिजिटल सिस्टम’ बाट प्रत्येक ७ गते मन्त्रीहरूको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री !

अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्र...बाँकी