newskoseli.Com

संविधान दिवस : सरकारले ‘भव्यतापूर्वक’ मनाउँदै, उपप्रधानमन्त्री चाहिँ ‘बहिष्कार’ गर्दै !

केन्द्रीय सरकार (संघ) तथा प्रदेश सरकारहरु चाहिँ असोज ३ मा ‘भव्यतापूर्वक’ संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला केन्द्रीय (संघीय) सरकारका उपप्रधानमन्त्रीको दल भने संविधान दिवसलाई ‘बहिष्कार’ गर्ने तयारीमा जुटेको छ । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र सत्ताधारी संघीय स...बाँकी

मुख्यमन्त्रीहरूलाई किन पत्याएनन् प्रधानमन्त्री ओलीले ?

केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल–बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि उनीहरू आक्रोशित समेत भएका छन् । प्रदेशमा कामै नपाएको भन्दै मुख्यमन्त्री, मन्त्र...बाँकी

त्रिविको मानवशास्त्र विभागमा खैलाबैला : कारण, दाताको १३ करोड !

नेपालमा समावेशिताको अवस्था अध्ययन गर्न भन्दै युएसएडसँग लिएको १३ करोड रुपैयाँले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा खैलाबैला मच्चिएको छ । मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापकले अनियमित तरिकाले प्रोजेक्ट चलाएर रकम हिनामिना गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेका हुन् । यही...बाँकी

निर्मला पन्त हत्या : शंकाको घेरामा एसपी, शंकास्पद सबैको डीएनए परीक्षण गरिने

१३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डीएसपी कृष्ण ओझाले दिलिप विष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन् । शंकास्पद सबै व्यक्तिका डीएनए संकलन गरेर परीक्षण गरिने उनले बताए । एसपी विष्टको पनि डीएनए परीक्षण हुनुपर्न...बाँकी

कतारले दिन्छ प्रतिघन्टा ३० रियाल, कामदारले पाउँछन् ६ रियाल !

निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि कतारमा प्रतिघन्टा ३० रियाल छुट्याइए पनि कामदारहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघन्टा ३० रियाल ज्याला छुट्याइएको हो । कतार सरकारले कामदारका लागि भन्दै आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई यो ...बाँकी

निर्मला पन्त प्रकरणमा नयाँ मोड : ‘प्रहरीले हत्यारा बचाउन खोजेको पुष्टि’ !

निर्मला पन्तको ‘हत्यारा’ भनेर प्रहरीले दोषी ठहर्‍याएका भीमतत्त नगरपालिका– ११ का ४१ वर्षीय दिलिपसिंह विष्टको डीएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डीएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका छन् । निर्मलाको डीएनए प्रोफाइलसँग मेल नखाएपछि दिलिपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गर...बाँकी

‘अस्वीकृत’ जोशी काममा फर्किएपछि सर्वोच्चमा सकस !

संसदीय सुनुवाइ समितिबाट प्रधान न्यायाधीशमा ‘अस्वीकृत’ भएपछि निरन्तर बिदामा बस्दै आएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी फेरि सर्वोच्चमै काममा लुरुलुरु फर्केपछि सर्वोच्च अदालतमा जटिलता देखिएको छ । बिदा बसेका जोशी नवनियुक्त प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको पदबहालीसँग सर्वोच्च फर्केका हुन् । प्रधान न्य...बाँकी

मन्त्रीका पीएलाई कार्यकर्ताले निर्घात कुटे मन्त्रीकै कार्यकक्षमा… !

सिंहदरबारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीका स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन् । मन्त्रीलाई भेट्न नदिएको भन्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले मन्त्रीका पीएलाई कुटपिट गरेका हुन् । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न सम...बाँकी

मालपोत अधिकृतसहित ९ जना कऱ्याप्प : कीर्ते गरी अर्कैको जग्गा नामसारी…

बूढानीलकण्ठ नगरपालिका– ५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नाममा नामसारी गराइदिने कार्यमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित ९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रे...बाँकी

‘कुकुरलार्इ कुट्दा’ दुई युवक जेल चलान !

‘कुकुरलाई कुट्दा’ बनेपका दुई युवक जेल परेको खबर छ । बनेपा– ७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । स्थानीय संविधानबहादुर जोशीको कुकुरलाई ‘कुट्ने र धम्क्याउने’ दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयमा दर्ता भएपछि खान...बाँकी