newskoseli.Com

कोरोना सङ्क्रमणको अवस्था जटिल हुने आँकलन : निषेधाज्ञा थप गर्न आग्रह

उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी निषेधाज्ञाभित्रै पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट ट्रेसिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त...बाँकी

कोरोनाबाट ८ दिनमा ५६ को मृत्यु : यस्ताे छ मृतक संख्या र विवरण

नेपालमा कोरोना संक्रमितको मृत्युु हुने क्रम बढ्दै गएको छ । समुदायस्तरमा परीक्षण नगरी सरकारले हचुवाका भरमा संक्रमण नियन्त्रणमा आएको भन्दै लकडाउन खुकुलो बनायो । त्यसैको परिणामस्वरूप मृत्युदर बढेको विज्ञहरूको अनुमान छ । व्यापारीहरूको दबाबमा बजार खोलियो, सार्वजनिक यातायात खुला गरियो यसले झन् संक्रमण ...बाँकी

चितुवासँग कुस्ती खेलेर मुश्किलले बाँचे हरिबहादुर !

लमजुङका एक व्यक्ति चितुवासँग भिडेर बाँचेका छन् । उनकै आक्रमणमा चितुवा भने मरेको छ । जंगलनजिकै घर भएका बेंसीसहर नगरपालिका– ९, साम्दीगाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिँडेको पोथी चितुवाले एक्कासि आक्रमण गरेको थियो । ‘मलाई चितुवाले आक्रमण गर्दै गरेको ...बाँकी

यी नियम पालन गर्नोस्, कोरोनाबाट बच्नोस् !

कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? केही सामान्य स्वास्थ्य मापदण्ड पालना गरे कोरोनाबाट बचिने सुझाव कोरोना सङ्क्रमण भई निको भएकाहरु तथा चिकित्सकहरूले दिएका छन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको भएर फर्किएकी एक महिला भने स्वास्थ्य सुरक...बाँकी

१४ वर्ष नाघेका मोटरसाइकल र कार चढ्नेलाई ‘बूढो कर’

अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो । सार्वजनिक सवारी साधन सञ्चालनका लागि लागू भएक...बाँकी

घटेन उपत्यकामा कोरोनाको जोखिम : निषेधाज्ञाबीच भेटिए झन् धेरै सङ्क्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोरोनाभाइरसका थप २१६ सङ्क्रमित देखिएका छन् । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकामा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको छ । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कूल ६३४ जनामा कोरोना सङ...बाँकी

कक्षा ११ मा नयाँ व्यवस्था : ‘फ्याकल्टी’ छुट्याउनै नपाइने !

अब विद्यालयले कक्षा– ११ मा विद्यार्थी भर्ना गराउँदा सङ्काय (फ्याकल्टी’ का आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकदेखि भर्ना लिन नपाइने भएको हो । यस पटकदेखि विद्यालयले विगतजस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने पा...बाँकी

नेकपा ‘मेलमिलाप’ को खाका : दुई अध्यक्षबीच अधिकारकाे ‘स्पष्ट’ बाँडफाँट

सत्ताधारी नेकपाको समस्या समाधान सुझाव कार्यदलले दुई अध्यक्षको अधिकार बाँडफाँटलाई ‘स्पष्ट’ पार्दै ‘मेलमिलाप’ को खाका तयार पारेको छ । कार्यदलको सुझाव छ– प्रतिनिधिसभाको बाँकी कार्यकाल पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने; अर्का अध्यक्ष पुष्पकमल दाहालले एकता महाधिवेशनसम्म प...बाँकी

‘जीवनमै पहिलो पटक देखियो– तीजमा सुनसान पशुपति’

कोरोना यति ठूलो महामारी बनेर आइदियो, पहिलो पल्ट तीजमा ‘हिन्दूका आराध्यदेव’ को मन्दिर पशुपतिमा ताला लगाउनु परेको छ । गतवर्ष तीजमा झन्डै १० लाखले पशुपतिनाथको दर्शन गरेको तथ्यांक पशुपति क्षेत्र विकास कोषसँग छ । वर्षेनि लाखौं ब्रतालु महिला पुगेर पूजा, दर्शन र नाचगान गर्ने पशुपति क्षेत्र शुक्रबार भने ...बाँकी

कोरोनाबाट नेपालमा एकै दिन सबैभन्दा बढी मृत्यु : आईसीयू र भेन्टिलेटरमा बढ्दाे चाप

कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ । कोरोना सङ्क्रमण...बाँकी