newskoseli.Com

किम इल सुङ यसरी पसे पाथीभरा मन्दिरमा !

तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङको पूर्वपट्टि खोरुङ्गा खोला बग्दछ । त्यस खोलाको पर्वपट्टिको भिरालो पाखो मेरो जन्मथलो हो । सिँचाईको असुविधा र बलौटे माटो भएका कारण उब्जनी कम हुने भएकाले जति खनी–खोस्री गरे पनि बाह्रै महिना हात–मुख जोड्न धौ–धौ पर्दथ्यो । आजको जस्तो आयस्रोतका अन्य बाटा नहुँदा आफ्नो...बाँकी

दृश्यचित्रमा पुरातात्त्विक महत्त्वको ‘गुहेश्वरी’ मन्दिर

पशुपति क्षेत्र विकास समिति अन्तर्गत रहेको धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य गुहेश्वरी मन्दिर पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्त्विक महत्त्वका दृश्य चित्रमा उतारे । कला–कार्यशालाको नवौं गन्तव्यका रूपमा कलाकारले विश्वसम्पदा सूचीमा सूचीकृत गुहेश्वरी र गौरीघाटलाई रोजेर चित्रमा उतारेका हुन् ...बाँकी

काँक्रो खान गएकी बालिका कसरी गोली खाएर फर्किइन् ?

अदानचुली गाउँपालिका– ४, बिगुठी, हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किइन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्...बाँकी

किन भैरहन्छ यात्रुमाथि ड्राइभर–कन्डक्टरको दुर्व्यवहार ?

शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भीड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले 'मन लागेको ठाउँमा बस्न निजी गाडी होइन' भन्दै उनलाई झपारे । सार्वजनिक यातायातमा यात्रु र सहचालकबीच भाडा, सिटलगायतका विषयमा दैन...बाँकी

मिथिलाका नारीले सम्पन्न गरे खोइँछ भर्ने विधि, दुर्गाको आँखा पनि उघारियो

बडादसैंको अष्टमीका दिन बुधबार मिथिलाका नारीहरूले सौभाग्यवती बन्ने माग एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गरे । नवरात्र सुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र भेटी...बाँकी

थापामगर बने ‘लिगलिगे राजा’, उनैले पहिरिए श्रीपेच…

नवौं ‘लिगलिगे दौड प्रतियोगिता, २०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् । पर्वत घर भएका थापा मगरल उपाधि जित्दै यस वर्षका लागि ‘लिगलिगे राजा’ घोषित भएका हुन् । आइतबार भएको दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको निर्धारित दुरी ५८ मिनेट २५ सेकेन्डमा पार गरे । प्रत...बाँकी

प्रहरीको नयाँ अवधारणा : ‘समुदाय–प्रहरी साझेदारी’ !

नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घ–संस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्न लागेको हो । उक्त कार्यक्रम कात्तिक ११ देखि देशैभर एकैसाथ लागू गर्ने गरी गृहका...बाँकी

फेसबुक बरदान कि अभिशाप ? कयौं कीर्ति, कयौं विकृति

त्यसो त नेपाली फेसबुक प्रयोगकर्ताबाटै भएका धेरै प्रशंसनीय काम पनि छन् । कसैमाथि सेवा पुर्याउने काम समेत फेसबुकबाट नै भैरहेका छन् । यस्तै एक उदाहरण हो– फेसबुकबाट भएको दोलाखा झुलेका प्रहरी जवान सुन्दर कार्कीको जीवन बचाउ अभियान । प्रहरी जवान सुन्दर कार्कीको मिर्गौला (किड्नी) ले काम गर्न छाडेपछि प्रत...बाँकी

अझै पनि छन् गाउँभरि ‘हलिया’ !…

थलारा गाउँपालिका– ६, बिस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका उनको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो । त्यसबेला उनी ४५ वर्षका थिए । उनको मृत्यु भएको २ वर्षपछि २१ भदौ, २०६५ मा सरकारले हलिया प्रथा ‘अन्त्य’...बाँकी

विकराल बन्दै आत्महत्या : के–के हुन् लक्षण र रोकथामका उपाय ?

कुश्मा नगरपालिका– २, खुरकोट, पर्वतका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल तीजको दर खाने दिन (भदौ २६ मा) आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परे । ८ वटी छोरीपछि जन्मेका एक मात्र छोरा उनले अझ दिदीहरुलाई जम्मा पारेर दर खुवाउने तीजकै दिन झुन्डिएर आत्महत्या गरे । स्नातकोत्तर तहमा अध्ययनरत पौडेल...बाँकी