newskoseli.Com

पशुपति आइपुगे ६ हजार साधुसन्त : यस्तो छ महाशिवरात्रिको तयारी

यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा साधुसन्तको आगमन विगतको भन्दा बढेको छ । भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा शिवरात्रि पर्व परेकाले साधुसन्तको भीड बढेको महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य–सचिव डा. प्रदीप...बाँकी

हेलिकप्टर दुर्घटनाको सनसनीपूर्ण स्थलगत विवरण : ‘कारण मौसमको खराबीसँगै हतार पनि’ !

करिव १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बिग्रिरहेको थियो बुधबार । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावा–हुरीले मान्छेलाई नै उडाउला झैं थियो । पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महिना दिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौस...बाँकी

को हुन् आङछिरिङ ? पर्यटनमन्त्रीसँगै निधन भएका शेर्पाका यस्ता छन् योगदान…

ताप्लेजुङको दारेढुङ्गामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा नेपालको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको पनि निधन भएको छ । यति एयरलायन्स सहित पर्यटन क्षेत्रसँग सम्बद्ध अनेकौं संस्थाका संस्थापक शेर्पा पर्यटन क्षेत्रका एक हस्ती थिए । उनले ‘थामशेर्कु ट्रेकिङ’,...बाँकी

क–कसले पाउँछन् कृषि क्षेत्रको अनुदान ? वितरणमा व्यापक विभेद ! कमिसनको यस्तो चलखेल…

घोराही उपमहानगरपालिका– ४, सिस्ने खोलाका सन्त घर्तीमगरले व्यावसायिक बङ्गुरपालन गर्न थालेको वर्षौं भयो । उनको ‘विश्वास बङ्गुर फर्म’ मा अहिले २७ माउ र ६० भन्दा बढी पाठापाठी छन् । सरकारले कृषकका लागि दिने अनुदान ‘कुन चराको नाम हो’, उनलाई थाहा छैन । जगत दर्लामीले पनि सात वर्षदेखि व्यावसायिक बङ्गुरपालन...बाँकी

कोइरालाहरूको पुर्ख्यौली थलो दुम्जामा बीपी प्रतिष्ठान निर्माण गरिने

चार जना पूर्वप्रधानमन्त्री, साहित्यकार, शिक्षाविद् एवं उच्च पदमा आसीन कोइरालाहरूको पुर्ख्यौली थलो दुम्जामा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका नाममा प्रतिष्ठान र उद्यान निर्माण गरिने भएको छ । रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुलीको मिलनविन्दुमा रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका– १ स्थित...बाँकी

(भिडियो) पञ्चेबाजाको मज्जा लिनुहोस् : खासमा के हो पञ्चेबाजा ?

पञ्चेबाजा (पञ्चै बाजा वा पञ्चबाजा) नेपाली समाजको लोकप्रिय परम्परागत लोकबाजाहरुको समष्टि हो । नामबाटै थाहा हुन्छ कि पञ्चेबाजा भनेको पाँच बाजाहरूको समूह हो । पञ्चेबाजामा दमाहा, झ्याली (झ्याम्टा), ट्याम्को, ढोलक र सहनाईं पर्दछन् । पञ्चेबाजा समग्र नेपालभरि र विशेषतः पहाडी भेग तथा भारतको सिक्किम तथा द...बाँकी

यी वृद्ध पत्रकार, जो ६० वर्षदेखि समाचारलेखनमै समर्पित छन् !

जिल्लामा हुने धेरै कार्यक्रममा पत्रकार दीर्घामा हरहमेशा एक वृद्ध व्यक्तिलाई देख्न सकिन्छ । झन्डै ८० वर्षको उमेरमा पनि एक पत्रकार अनवरत रुपमा समाचार खोज्ने र लेख्ने कर्ममै व्यस्त छन् । उनी हुन्– गणशेखर शर्मा । भरतपुर महानगरपालिका– १२ निवासी शर्मा वि.सं. १९९६ साउन १२ मा काठमाडौंको इन्द्रचोकमा जन्मे...बाँकी

यी शङ्कर, जो फोहरको थुप्रोबाट खाने कुरा टिपेर भोक मेटाउँछन्…

झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एक मुठी भात छोपेर राखिएको थियो । झोलामा पानीका बोतलसहित एउटा स्याउ, नुनको पोको, गेडागुडी, लसुन, मकै लगायतका खाने कुरा थिए । अ...बाँकी

सफलताको कथा : एउटै ठेलाको कमाइ महिनाको एक लाख !

ठेलामा व्यापार गरेर महिनामा १ लाख रुपैयाँसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् नवलपरासी घर भई हेटौंडामा ठेला किचेन चलाएर बसेका ३५ वर्षीय युवराज नेपाल । वैदशिक रोजगारीको सिलसिलामा मलेशियामा थुप्रै हन्डर खाएर फर्किएका युवराजलाई चितवनमा कुखुरा फार्मले पनि डुबायो । फेरि दुबई गएका उनलाई एक वर्षको ब...बाँकी

बिहेको बहानामा यसरी बेचिन्छन् चेलीबेटी !

बाघमारेकी– ४ की २८ वर्षीया एक विवाहिता महिला परपुरुषको ‘मायाजाल’ मा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चा छाडेर उनले उक्त व्यक्तिसँग पुनर्विवाह पनि गरिन् । विवाहपछि ‘ऋण लाग्यो, पैसा कमाउन जाऊँ’ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाट...बाँकी