newskoseli.Com

आन्दोलनकारीबाटै घाइते भए आन्दोलनकारी

प्रदर्शनको क्रममा संघीय गठबन्धनका एक कार्यकर्तालाई आन्दोलनकारीले नै निर्घात कुटपीट गरेका छन् । सिंहदरबार घेराउ गर्न भन्दै माइतीघरमा भेला भएका आन्दोलनकारीमध्येका एक जनाले प्रहरीमाथि ढुंगा प्रहार गरेसँगै अरु आन्दोलनकारीले भिजिलान्ते भन्दै निर्घात कुटपीट गरेका हुन् । कुटपीटपछि प्रहरीले उनलाई उद्दार गरे...बाँकी

भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणकाे रकम निकासा, कुन जिल्लामा कति ?

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट क्षति भएका घरहरु पुनर्निर्माणका लागि विभिन्न जिल्ला विकास समितिहरुलाई ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरणका लागि केन्द्रीय आयोजना का...बाँकी

पशुपतिनाथ मन्दिरको दक्षिण द्वार शिलान्यास

विश्वका हिन्दूहरुका आराध्यदेवका रुपमा रहेका पशुपतिनाथको मन्दिर परिसरको दक्षिणतर्फ कलात्मक दक्षिणद्वार निर्माणका लागि आज शिलान्यास भएको छ । पशुपति क्षेत्र विकास कोष र एसबिआइ बैंकले संयुक्तरुपमा यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र एसबिआइ बै...बाँकी

संघीय गठबन्धनको सिंहदरबार घेराउप्रति बाबुराम भट्टराइको ऐक्यबद्धता

संघीय गठबन्धनले गरेको सिंह दरबार घेराउ कार्यक्रम प्रति नयाँ संक्ति नेपालले ऐक्यबद्धता जनाएको छ । संयोजक बाबुराम भट्टरार्इले विज्ञप्ति जारी गर्दै मधेसी र जनजाती दलहरु मिलेर बनेको संघीय गठबन्धनले सिंहदरबार घेराउ आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । भट्टराईले आन्दोलनरत समुदायका माग सम्बोधन गरी संवि...बाँकी

तिमालमा सडक र बिजुली आयो, पानीको अभाव कायमै

काभ्रेपलाञ्चोक जिल्लाको विकट भेग भनेर चिनिने तिमाल क्षेत्रमा सडक सञ्जालको राम्रै विकास भएको छ । तिमाल क्षेत्रको शुरूवात हुने स्थान धुलिखेलबाट नजिकै दाप्चा–काशीखण्ड नगरपालिकाको भकुण्डेबेसीबाट मेथिनकोट, कानपुर, कोततिमाल, नारायणस्थान, कुरूवास चापाखोरी हुँदै मेच्छे गाविस जोडिएको छ । त्यस्तै मंगलटारबाट प...बाँकी

को–को गए बादलसँग ? को–को बाँकी छन् बैद्यसँग ? (नामावलीसहित)

काठमाडौं २ जेठ । क्रान्तिकारी माओवादी अन्ततः फेरि फुटेको छ । एमाओवादीसँग एकता गर्ने पक्षमा बादल लगायतका नेताहरुबीच कुरा नमिलेपछि क्रान्तिकारी माओवादी तेस्रो पटकपनि फुटेको हो । दुई फ्याक भएको क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्यहरुको नामावली यस्तो छ । बादल समूहमा निम्नानुसारका नेताहरु रहेका छ...बाँकी

मोर्चा कार्यकर्ताद्वारा सरकारी गाडीमाथी तोडफोड

राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गरिरहेका छन् । सिंहदरबार घेराउ गर्न जाँदै मोर्चा कार्यकर्ताले माइतीघर नजिकै एक सरकारी गाडीको सिसासमेत तोडफोड गरेका छन् । बा १ झ ३६१० नम्बरको सरकारी जीप तोडफोड भएको हो । बानेश्...बाँकी

प्रम केपी अाेली हावादारी भएकाे नेता नेपालकाे अाराेप

प्रधानमन्त्री केपी ओलीको आफ्नै पार्टीका शीर्ष नेताबाट आलोचना हुन थालेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली अहिलेसम्मकै हावादारी प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली हावादारी आश्वसन दिएर हिडेकोमा आपत्ति जनाए । ...बाँकी

टुक्रियो क्रान्तिकारी माओवादी : को–को वैद्यतिर, को–को बादलतिर ? (नामावलीसहित)

एकीकृत माओवादीसँग एकता गर्ने अन्तिम तयारीमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) विभाजित भएको छ । केही वर्षअघि विभाजित भएर आएको प्रचण्ड नेतृत्वको घटकसँग एकता गर्नु नहुने पक्षमा अध्यक्ष मोहन वैद्य अडिग भएपछि महासचिव रामबहादुर थापापक्षीय नेताहरूको समूहले वैद्यलार्इ अध्यक्षबाट हटार्इ बादललार्इ अध्यक्ष...बाँकी

सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर परकम्प

अाज आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ । बिहान साढे ४ बजे सिन्धुपाल्चोककाे इचाेकमा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लासहित काठमाडौंमा पनि ...बाँकी