newskoseli.Com

विद्रोहीमाथि हेलिकप्टर आक्रमण, २४ घन्टामा ५० को मृत्यु

अफगानिस्तानका विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घन्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् । तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफौजले हेलिकप्टरको सहायतामा गरेको आक्रमणमा शन...बाँकी

शक्तिशाली ‘एम्बुस’ विष्फोट : १२ सैनिक ठहरै

भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको ‘एम्बुस’ आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख सहरबाट करिव २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेका सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी १२ सुरक्षाकर्मीको म...बाँकी

चीन–रूसबीचको सम्बन्धलार्इ ‘थप घनिष्ठ’ बनाइने

चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पुर्‍याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन् । हुईले मङ्गलबार पिपल्स डेलीमा आफ्नो बाइलाइनमा लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष मनाइँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्ने उल्...बाँकी

कोरियाली नेता किम रेल चढेरै बेइजिङ : उत्तर कोरिया–अमेरिका वार्ताको तयारी

उत्तर कोरियाली नेता किम जोङ उन चारदिने भ्रमणको लागि चीन आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो भेटवार्ताको तयारी गर्न भन्दै सि जिन पिङको निमन्त्रणामा उनी बेइजिङ आइपुगेका हुन् । कोरियाली समाचार एजेन्सीले बताएअनुसार उनी पत्नी री सोल जू र कोरियाली उच्च अधिकारी सहित आफ्नै व्यक्तिगत रे...बाँकी

राज्यसभामा पेस हुँदै ‘तीन तलाक’ निषेधी विधेयक

भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भैसकेको ‘तीन तलाक’ लाई अवैध मान्नेसम्बन्धी विधेयक सोमबार राज्यसभामा पेस गरिने भएको छ । मुस्लिम समुदायका महिलालाई आफ्नो लोग्नेले मौखिक रूपमै तीन पटक सम्म ‘तलाक’ शब्द उच्चारण गरेपछि सम्बन्ध–विच्छेद हुने गरेकामा अब त्यसो गर्नु गैरकानुनी हुने प्रावधान सहितको स...बाँकी

मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु, दर्जनभन्दा बढी गम्भीर बिरामी

कर्नाटकको चमराजनगर जिल्लामा एक मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ को मृत्यु भएको छ भने दर्जन बढीको स्थिती गम्भीर छ । मैसुरुलगायतका अन्य अस्पतालमा करिब ७० जनालाई भर्ना गरिएको बताइएको छ । घटना सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको हो । प्रसाद नखाने मरिअप्पा नामका एक व्यक्तिले भने– ‘हामीलाई...बाँकी

तालिबानद्वारा ३ अमेरिकी सैनिक मारिए, ३ घाइते

अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक सहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार ३ अमेरिकी सैनिकको मृत्यु भएको छ । नेटो सैन्यअन्तर्गत अफगानिस्तानमा कार्यरत अमेरिकी सैनिकले दिएको जानकारी अनुसार यस विस्फोटमा परी अन्य ३ सैनिकहरु घाइते भएका छन् । यस आक्रमणको तालिवान विद्रोही समूहले जिम्मा लिएको अ...बाँकी

शक्तिशाली एम्बुस विष्फोट : कम्तिमा २२ प्रहरी मारिए !

पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकु समूहले राखेको विद्युतीय धरापमा परी कम्तिमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ । प्रहरी चढेको सवारी साधनमा आइतबार फराह प्रान्तमा अर्को आक्रमण हुँदा कम्तिमा दुई जना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले ...बाँकी

‘बलिया’ उम्मेदवार निवर्तमान राष्ट्रपतिलाई हराएका सोलिहले लिए राष्ट्रपतिको सपथ

मालदिभ्समा सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथग्रहण गरेका छन् । उनले मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गरेका थिए । यमीनलाई चीनको बलियो समर्थन रहेको थियो भने सोलिहलाई भारतीय समर्थन रहेको विश्वास गरिन्छ...बाँकी

आँधीका कारण ३३ जनाको मृत्यु, १ लाख ७७ हजार ५ सय घरबारविहीन

भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको जानकारी प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरुले दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघन्टा १ सय २० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । तमिलनाडु राज्यमा...बाँकी