२८ मंसिर, २०७५ |
काठमाडौं, २८ मंसिर ।
सडकलगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंबबाट दनिे गरिएको ऋणमा अनेक शर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ ।
सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५ सय ५० मिलियन डलर रकम अझै खर्च हुन सकेको छैन । त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौता अनुसारको २ सय ५० मि...बाँकी
२८ मंसिर, २०७५ |
काठमाडौं, २८ मंसिर ।
साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ ।
तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिव ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको हो ।
ऋण मिनाहाबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुने जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले दिएको खबर ...बाँकी
२५ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले सूर्या लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।
सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले मंगलबार सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन...बाँकी
२४ मंसिर, २०७५ |
काठमाडौं, २४ मंसिर ।
इन्धन बोक्ने ट्यांकरहरूले ठाउँ–ठाउँमा पटक–पटक हड्ताल गरिरहेका छन् ।
उनीहरूको घुमाउरो माग छ– जसरी पनि आफूहरुले तेल चोर्न पाउनुपर्यो ! ‘तेल चोर्न’ पाउनु पर्ने माग राखी ट्यांकर चालकहरूले दुई दिनअघि पनि दिनभरि हड्ताल गरे ।
विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न नेपाल आयल निगमले ल...बाँकी
२१ मंसिर, २०७५ |
प्रेम रौले
सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर, सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिक...बाँकी
२० मंसिर, २०७५ |
काठमाडौं, २० मंसिर ।
वार्षिक १२० दिन रोजगारी ग्यारेन्टी गर्ने र ६५ वर्ष नाघेकालाई वृद्धभत्ताको व्यवस्थापन सहित नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति पुनरावलोकनको प्रस्ताव गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सहमहामन्त्री तथा आर्थिक नीति समितिका संयोजक डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाका कार्यक...बाँकी
१९ मंसिर, २०७५ |
काठमाडौं, १९ मंसिर ।
नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलाई सरकारले फेरि अनुदान दिने भएको छ ।
अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ मा उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्...बाँकी
१९ मंसिर, २०७५ |
काठमाडौं, १९ मंसिर ।
मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) को व्यवस्था गर्न सांसदहरुले प्रस्ताव गरेका छन् ।
उनीहरुले संघीय संसदको अर्थ समितिको मंगलबारको बैठकमा सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सनको व्यवस्था गर्न प्रस्ताव गरेको खबर बुधबारको अन्नपूर...बाँकी
१४ मंसिर, २०७५ |
काठमाडौं, १४ मंसिर ।
नेपाल वायु सेवा निगमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान ‘वाइडबडी जहाज’ भाडामा दिने गरी सञ्चालक समतिमा ‘अनौपचारिक छलफल’ भएको रहस्य खुलेको छ ।
निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् । कुन कम्पनीलाई भाडामा दिने भन्नेबारे नखुलाए पनि निगमका गन्तव्य नथपिएसम्मका लागि भन्...बाँकी
१४ मंसिर, २०७५ |
काठमाडौं, १४ मसिर ।
चालु आर्थिक वर्षको ४ महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।
सो अवधिमा ३६.१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँ...बाँकी