newskoseli.Com

३ महिनाभित्रै पाइपबाट पेट्रोल आउँदै : निर्माणकार्य अन्तिम चरणमा

नेपाल–भारत सरकारको उच्च प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भूभागमध्ये २१ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न ...बाँकी

घट्यो शेयर बजार : मूल्यमा १५ अंकको गिराबट

आइतबार धितोपत्र बजारमा उच्च अङ्कले शेयरको मूल्यमा ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर १ हजार १ सय ६६ दशमलव ४३ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आइतबार शेयर बजार १ दशमलव २५ विन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ...बाँकी

‘नबिल केयर’ सुरु : सबै ग्राहकलाई ३ लाखको स्वास्थ्य बीमा

नबिल बैंक लिमिटेडले आफ्ना खतावालाहरुलाई विभिन्न १३ रोगको उपचारमा ३ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा आइतबारैदेखि लागू भएको राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रा...बाँकी

‘सुन–भरिया’ लाई ३ वर्ष जेल, ४३ करोड जरिवाना !

तस्करीबाट ल्याइएको ८८ केजी सुन बोक्ने ‘भरिया’ लाई अदालतले ४३ करोड बिगो जरिवाना सहित ३ वर्ष जेल सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडी चालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवाना सहित ३ वर्ष जेल सजायको फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ न...बाँकी

१३ करोडको चिनी ४ महिनादेखि किन अड्कियो गोदाममै ?

चिनी आयातमा सङ्घीय सरकारले परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाइदिएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिव १३ करोड रूपैयाँ मूल्यको २ हजार ५ सय मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको ४ महिना भइसकेको छ । नेपालीहरूको महान् चाड दसैं–तिहार तथा छठ पर्व...बाँकी

एडीबीद्वारा नेपाल सरकारलार्इ ३९ अर्ब ३२ करोड सहयोग

एशियाली विकास बैंकले दुई वटा परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिव ३९ अर्ब ३२ करोड रूपैयाँ विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परिय...बाँकी

भारतमा २८ पटक घट्दा नेपालमा बढ्ने मात्र : झर्‍यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाऊ निरन्तर ओरालो लागेको छ । भाऊ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले भने दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट ...बाँकी

सांसदबाटै चिनीमा कालोबजारी ! जरिवाना ५ हजार मात्र…

सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश– ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको थियो । तरर, सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो । सांसद शाक्यले भने राजधानीको ताहाच...बाँकी

गाडीमा मात्रै १० वर्षमा ५४ अर्ब खर्च ! सरकारी खर्चको यस्तो छ प्राथमिकता…

सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ । पछिल्लो १० वर्षमा सरकारले गाडी किन्न मात्रै साढे ५४ अर्ब रूपैयाँ खर्चिएको छ । २०६५ पछि बढीमा ६०–६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकामा त्यसपछि भने यो क्रम ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो । त्यो चाप वर्सेनि बढ्दै गएको छ । पछिल्लोे आर्थिक वर्षमा...बाँकी

राष्ट्रपतिलाई गाडी : ४ करोडले पुगेन, थप १४ करोड निकासा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले सेनामार्फत ‘विलासी’ गाडीको ‘सेट’ नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्ने सहित ८ वटा गाडी किन्ने सरकारको तयारी छ । २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए । र...बाँकी