newskoseli.Com

असोज १० देखि दसैंका लागि नयाँ नोट : कहाँ–कहाँबाट पाइन्छ ?

चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौं भन्ने इच्छा सबैको हुन्छ । नयाँ, टलक्क परेको नोट लिने–दिने प्रचलन विशेष गरी दसैंको अवसरमा बढी हुने गरेको छ । के गाउँ, के सहर– सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले असोज १० देखि ...बाँकी

अण्डाको पनि मूल्यवृद्धि, प्रतिक्रेटमा ३० रुपैयाँ बढ्यो

चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य प्रतिक्रेटमा ३० रुपैयाँका दरले बढाएको छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्यवृद्धिको माग चर्केको थियो । २ सय २० रूपैयाँ प्रतिक्रेट रहँदै आएको ठूलो अण्डाको मूल्य बढाएर २ सय ५० रूपैयाँ पुर्‍याइएको नेपाल दाना,...बाँकी

‘नेपालमा गरिएको सबै लगानी फिर्ता लैजाऊ’ : कोरियाली दूतावासलाई नेपाल सरकारको निर्देशन

उत्तर कोरियाको लगानीमा नेपालमा स्थापना भएका सम्पूर्ण उद्योगहरुको लगानी फिर्ता लैजान नेपाल सरकारले उत्तर कोरियाली राजदूतावासलाई निर्देशन दिएको छ । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पारित गरेको निर्णयको पालना गर्दै नेपालमा सञ्चालित कोरियाली लगानीका सबै उद्योग तत्काल बन्द गरी दुई मह...बाँकी

१००, १००० र २५०० रूपैयाँका ४५ हजार वटा सिक्कामा छापिए सत्यमोहन जोशी

नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीन वटा सिक्का निष्काशन गरेको छ । जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्काशन गरेको हो । वि.सं. १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बख...बाँकी

अब चेक नै नकाटी रकम भुक्तानी !

बिहीबारदेखि ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा आउने भएको छ । यसका लागि पहिलो चरणमा २८ वटै वाणिज्य बैंक र राष्ट्रबैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ । आइतबार २७ र सोमबार एउटा गरी २८ वटै बैंकसँग सम्झौता गरिएको राष्ट्रबैंकले जनाएको छ । यो व्यवस्था लागू भएपछि ग्राहकले तत्काल र...बाँकी

दूधको मूल्य बढ्यो : पोकामा ३ रुपैयाँ, लिटरमा ६ रुपैयाँ मूल्यवृद्धि

सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्यवृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले जानकारी दिए । ‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौं...बाँकी

एटीएमबाट रकम चोरी प्रकरण : असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?

नक्कली एटीएम कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिव १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ । नेपाली एटीमबाट चोरी भएको करिव १ कारोड ८९ लाखमध्ये अधिकांश फेला परिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे भने राष्ट्र बैंकलगायतका सरोकारवाला सबै निकाय मौन छन् । घटना अनुसन्धानका लागि ...बाँकी

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल भदौ २३ देखि

दसैं–तिहार, छठ–रमजानलगायतका चाडपर्वलाई लक्ष्य गरी सरकारले भदौ २३ देखि सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ देखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष असोज १२ देखि सहुलियत पसल सञ्चालन भएका थिए । सहुलिय...बाँकी

खसीबोका आयातमा कडाइ, दसैंमा मासु महँगिने !

सरकारले औपचारिक घोषणाविनै खसीबोका आयातमा कडाइ गरेपछि दसैंमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दसैंमा खसीको तयारी मासु प्रतिकेजी १ हजार ५ सय रूपैयाँभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार २ सय वटा खसीबोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केह...बाँकी

कति सुरक्षित छ जनताको साढे ३३ खर्ब ? चिनिया ह्याकरले बैंकबाट लुटे साढे ३ करोड

चिनिया ह्याकरले नक्कली भिसा कार्ड प्रयोग गरी नेपालका बैंकबाट साढे ३ करोड रुपैयाँ लुटेका छन् । नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ भने भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताएका छन् । यो रकम निक्षेप...बाँकी