newskoseli.Com

माघेसंक्रान्तिका कन्दमुलमा समेत भारतकै भर !

माघेसंक्रान्तिमा उपयोग हुने कन्दमुलका लागि समेत नेपालीले भारतकै भर पर्नु परेको छ । माघेसंक्रान्तिमा विभिन्न कन्दमुल खाने परम्परा छ । माघेसंक्रान्तिमा तरुल, सखरखण्ड, वनतरुललगायतका कन्दमुल खाने नेपाली परम्परा छ । नेपाल कृषिप्रधान देश भए पनि यस्ता विभिन्न कन्दमुल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा...बाँकी

डा. खतिवडालाई राजदूत बनाइँदै : को आउँदैछ नयाँ अर्थमन्त्री ?

राष्ट्रियसभा निर्वाचनका लागि गत शुक्राबार उम्मेदवार चयन गर्दा ‘यो पटक दुईवर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहोर्‍याउने’ मापदण्ड बनाइयो । त्यो ‘मापदण्ड’ अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः सांसद हुनबाट पन्छाउने रणनीतिवमोजिम आएको थियो । राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि अब डा. खतिवडा नपर्ने प...बाँकी

अकाशियो खाद्यान्नको मूल्य : केको भाऊ कति पुग्यो ?

पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाऊ अकाशिएको छ, जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाऊ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आँटा, चिनीलगायत मसलाजन्य वस्तुक...बाँकी

मंसिरमा मात्र ५ करोड, ५ महिनामा १९ करोड ३० लाख ठगी : सुध्रिएन म्यानपावरको ‘धन्दा’ !

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीका नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । विदेश पठाउने नाममा संस्था अर्थात् म्यानपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा युवाहरुका प्रशस्त ...बाँकी

चरम विवादित एमसीसीका परियोजना पनि ‘राष्ट्रिय गौरवका आयोजना’ !

प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ । संसदमा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई ‘राष्ट्रिय गौरवका आयोजना’ का रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लाग...बाँकी

राष्ट्र बैंकको सर्कुलर : एटीएम, डेबिट र प्रिपेड कार्डबाट कति झिक्न पाइने ?

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको नयाँ सीमा निर्धारण गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थालाई नेपाल राष्ट्र बैंकले बिहीबार सर्कुलर जारी गर्दै सीमा निर्धारणको नयाँ व्यवस्था लागू गर्न निर्दे...बाँकी

सुनको मूल्य : एकै वर्षमा बढ्यो १४ हजार, नयाँ रेकर्ड बनाउने सङ्केत

नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमै करिव १३ हजार ८ सय रुपैयाँ वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २०७५ पुस १४ मा सुनको मूल्य प्रतितोला ५९ हजार ५ स...बाँकी

कसरी बिग्रियो ‘सूत्र’ ? सबै स्थानीय तहको लेखा प्रणाली नष्ट !

देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने ‘सर्भर सूत्र’ लामो समयदेखि ‘बिग्रिएको’ छ । सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन् । यसबाट ७ सय ५३ वटै स्थानीय तहको अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् । महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेज...बाँकी

सहकारीमा ‘मर्जर’ को तयारी : १८४८ वटालाई ७०० मा झारिँदै !

काठमाडौं महानगरपालिका (कामनपा) मा रहेका १ हजार ८ सय ४८ वटा सहकारीलाई आगामी ५ वर्षमा ७ सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एक–अर्कामा गाभ्न (मर्जरमा लान) सुरु गरेको हो । कामनपाका अनुसार हालसम्म चार वटा सहकारी आपसमा ...बाँकी

पाइपलाइनबाट ३ महिनामा भित्रियो १७ करोड लिटर डिजेल

पेट्रोलियम पाइपलाइनबाट ३ महिनामा झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । भदौ २४ देखि पाइपलाइनबाट नेपालमा नियमित रुपमा डिजेल आउन थालेको हो । नेपाल आयल निगम अमलेखगञ्ज डिपोका अनुसार ३ महिनाको अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ । नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्य...बाँकी