कृषि मन्त्रालयअन्तर्गत सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले अनुदान बाँडेको १ करोड १८ लाख रकम हिनामिना भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा छानबिन गरिरहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले शीतभण्डारगृह निर्माणका लागि बाँडेको ४ करोड ६९ लाख पनि हिनामिना भएको...बाँकी
केन्द्र, प्रदेश र स्थानीय तहका ‘जनप्रतिनिधि’ ले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगा सवारी साधन खरिद गरी राज्य कोषको ढुकुटी रित्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ ।
अहिले केन्द्रदेखि स्थानीय तहका ‘जनप्रतिनिधि’, कर्मचारीलगायत उच्चपदस्थ व्यक्तिमा महँगा गाडी खरिद...बाँकी
एक दशकअघि हजार रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौं रुपैयाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो । २०५७ मा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौंको मालिक बनेका छन् ।
पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुड...बाँकी
केही दिनदेखि प्याजको भाऊ घटेको छ भने लसुनको भाऊ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपैयाँ पुगेको प्याजको मूल्य घटेर अहिले ७३ रुपियाँमा थोक कारोबार भइरहेको छ ।
त्यस अवधिमा प्याजको खुद्रा...बाँकी
‘भ्यालेन्टाइन डे’ का लागि पछिल्लो एक सातामा मात्रै भारतबाट नेपालमा १ करोड ६० लाख रुपैयाँको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने ‘प्रेम दिवस’ का लागि सो रकम बराबरका दुई लाख थान गुलाब आयात भएको हो ।
फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउने गरिएको छ ...बाँकी
नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर, राज्य आफैंले २० वर्षमा २ हजार ६ सय ३३ नेपाली बालबालिकालाई ‘धर्मसन्तान’ का नाममा विदेशीलाई सुम्पेको छ ।
अझ विडम्बना ! सरकारले बालबालिका विदेशीलाई जिम्मा लगाएवापत ८ हजार डलरका दरले रकम पनि लिने गरेको छ । ...बाँकी
स्थानीय तहमा करको नभई गैरकरको निरन्तर चाप बढेको छ । स्थानीय सरकारले करको दर र दायरा वृद्धि गरेको भए नागरिक स्तरमा विरोध नभई स्वागत हुने थियो ।
स्थानीय सरकारले कर र गैरकरको दर वृद्धि गरेको विरोधमा नागरिक स्तरबाट विभिन्न समयमा नारा जुलुस, धर्ना र ध्यानाकर्षण गराउने लगायतका विरोध हुँदै आएका छन् । कर...बाँकी
ट्यांकरबाट ‘इन्धन चोरी नियन्त्रण गर्न’ नेपाल आयल निगमले प्रत्येक ट्यांकरमा तीन प्रकारका ताल्चा लगाउने भएको छ । निगमले दोस्रो चरणमा डिपोबाट पम्पसम्म इन्धन पुर्याउने ट्यांकरमा ताल्चा जडान गर्न लागेको हो ।
यसअघि पहिलो चरणमा इन्डियन आयल कर्पोरेसन (आईओसी) को सिलिगुढी, बरौनी र रक्सौल रिफाइनरी केन्द्रब...बाँकी
बाजा कि त बिहेमा बज्छ नत्र अरु विभिन्न शुभकार्यमा । अधिकांशको कल्पना यही नै हुने गर्छ । तर, काठमाडौं महानगरले भने बाजाको फरक प्रयोग गर्न लागेको छ ।
ताकेता गर्दा पनि कर नतिर्ने संस्थाको नाम प्रचार प्रसार गर्दै महानगरले अब बाजा बजाउने भएको छ । कर तिर्न अटेर गर्ने ठूला करदाताको नाम बाजागाजासहित ‘माइ...बाँकी
सरकारले नेपाल–चीन सीमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि काशिएको छ ।
काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो २०० रुपैयाँले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो २ सय ५० रुपैयाँ रहेको सुकेको लसुनको मूल्य बढेर अहिले औसत ५ सय ५० रुपैय...बाँकी