९ बैशाख, २०७६ |
काठमाडौं, ९ वैशाख ।
समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्नेसम्मको कारबाही गर्ने तयारी भएको छ ।
मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्– ‘आफूलाई अन्...बाँकी
९ बैशाख, २०७६ |
रुपन्देही, ९ वैशाख ।
जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही गरिने कानुनी प्रावधान भए पनि कानुनको उल्लंघन गर्दै समाजमा जातीय छुवाछुतका घटना दोहोरिइरहेका छन् ।
यसैको पछिल्लो उदाहरण बनेको छ– शुद्धोदन गाउँपालिका– ४, फर्साटिकर, रुपन्देहीकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जात...बाँकी
९ बैशाख, २०७६ |
काठमाडौं, ९ वैशाख ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
पूर्वमाओवादीले अध्यक्ष पाएका जिल्लामा पूर्वएमालेका तत्कालीन जिल्ला अध्यक्ष सचिव बन्ने र पूर्वएमालेले अध्यक्ष पाएका जिल्लामा पूर्वमाओवादीका तत्कालीन अध्यक्ष सचिव बन्ने ग...बाँकी
८ बैशाख, २०७६ |
काठमाडौं, ८ वैशाख ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर, दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन ।
उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ । इन्धनको मूल्य समायोजन नगर्दा न...बाँकी
८ बैशाख, २०७६ |
काठमाडौं, ८ वैशाख ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताबीच ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने सैद्धान्तिक समहति भएको छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक समहति भएको हो । ...बाँकी
८ बैशाख, २०७६ |
काठमाडौं, ८ वैशाख ।
इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक (थ्रीडी) प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् ।
चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्त्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरका कोषहरु मात्र बनाएका थिए, त्यसमा धमनी राख...बाँकी
८ बैशाख, २०७६ |
काठमाडौं, ८ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् ।
शनिबार कावासोतीमा नवलपुर जिल्लाको नमूना सदरमुकाम शिलान्यास कार्यक्रममा बोल्दै गण्डकमा पानीजहाज जसरी पनि चलाउने उनले बताएका हुन् ।
‘तपाईंहरु कसैले माग गर्नुभएको थिएन गण्डकमा पानीजहाज चलाउनु...बाँकी
८ बैशाख, २०७६ |
काठमाडौं, ८ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई आफ्नो पार्टीभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ ।
पोलिब्युरो सदस्य तथा पूर्व कमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न विप्लवलाई दबाब दिएका हुन् । महासचिव विप्लव भने तत्काल सरकारसँग ...बाँकी
७ बैशाख, २०७६ |
काठमाडौं, ७ वैशाख ।
कतारले नेपालको खानेपानी आयात गर्न चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ ।
यस विषयमा खानेपानी मन्त्रालयले शुक्रबार सरोकारवालाहरूसँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको सम्भावनाबारे प्रतिवेदन...बाँकी
७ बैशाख, २०७६ |
दाङ, ७ वैशाख ।
खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् ।
राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहान...बाँकी