newskoseli.Com

स्ववियु चुनाव जेठको दोस्रो साता…

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन १० जेठभित्र गर्न त्रिभुवन विश्वविद्यालयले प्रस्ताव गरेको छ । स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकमा सो मितिमा निर्वाचन गर्ने प्रस्ताव विश्वविद्यालयले गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र...बाँकी

अब नेपालमै हतियार उत्पादन ! सुरक्षा निकायको पुनर्संरचना…

नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति, २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो । नीतिमा सेना–प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ । सरकारले स्वीकृत गरिसकेको सुरक्षा...बाँकी

एसईईको परीक्षाफल ढिलो आउने !

यस वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकाले ती जिल्लामा कसले उत्तरपुस्तिका बुझ्ने भन्ने विषय नै अझै टुङ्गो लागेको छैन । २६ जिल्लाका शिक्षा प्र...बाँकी

पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक : के हो ‘ब्ल्याक होल’ ?

हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौं । तर, बुधबार भने इतिहासमै पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक भएको छ । ‘ब्ल्याक होल’ पृथ्वीबाट ५ करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका ८ वटा टेलिस्क...बाँकी

भारतमा लोकसभा निर्वाचन, बिहीबारदेखि मतदान : कसको पक्षमा कस्तो माहोल ?

भारतमा लोकसभा निर्वाचनका लागि बिहीबारदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर, चुनाव जित्नेको तस्बिर अझै धमिलै छ, कस...बाँकी

बालुवाटारको जग्गा व्यक्तिका नाउँमा अनि धितो राखेर ऋण समेत !

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवासले चर्चेको जग्गा व्यक्तिको नाममा बनाएर धितो राखी विभिन्न बैंक–वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ । ललिता निवासका तत्कालीन भोगधिकारी रुक्मशमशेर राणालगायतबाट २०६० मा व्यक्ति तथा संस्थालाई गैकानुनी रुपमा बेचिएको सो जग्ग...बाँकी

ठूलो दुर्घटनाबाट यसरी जोगियो जेट विमान

भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठूलो दुर्घटनाबाट बचेको छ । जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि १ सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर, चालकले बेलैमा चाल पाएकाले दुर्घटना टर्‍यो । विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभ...बाँकी

सत्ताधारी नेकपाको मुख्यालय सुनसान : कार्यकर्ता जति नेताका दैलोदैलोमा

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जानै छाडका छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । पार्टी एकता भएको एघार महिना बितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्...बाँकी

यो ‘वीर अस्पताल’ हो कि ‘प्रहरी क्याम्प’ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए–नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ । तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा सञ्चालन गरेका छन् । स्वास्थ्य तथा जन...बाँकी

‘जनप्रतिनिधि’ नै तुइनमा तुर्लुङ्ग !

सरकारले ‘तुइनमुक्त देश’ बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुन्डिनु परिरहेको छ । गाउँपालिकाको केन्द्रमा आउन–जान समेत ज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नुपर्ने दिनचर्या नै बनेको छ, हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको । जनप्रतिनिधि मात्...बाँकी