newskoseli.Com

प्रधानमन्त्री र प्रधान न्यायाधीशको निवासकै जग्गा व्यक्तिको नाममा !

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री र प्रधान न्यायाधीशको सरकारी निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा...बाँकी

भारतबाटै भित्रिइरहेछ नेपालमा बर्डफ्लु

भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ देखि नेपाल सरकारले भारतबाट पछीजन्य पदार्थको आयात रोक्यो । तर, देशभित्रै उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा भारतबाटै ल्याउने क्रम भने चली नै रह्यो । प्रतिबन्ध लगाइएका पछीजन्य पदार्थको जरिवानाबाट चालू आर्थिक वर्षमा ...बाँकी

मेलम्चीको बोर्ड बैठक : फास्ट ट्र्याक प्रणालीमा काम अघि बढाउने प्रस्ताव

मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेस गरेको छ । बुधबार बसेको समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई तत्कालै सम्पन्न गर्न फास्ट ट्र्याक प्रणालीबाट काम अघि बढाउनुपर्ने निर्णय गरेर विभागीय ...बाँकी

नेकपाका नेतालाई चिकपाको ‘दीक्षा’ !

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहना राखेको छ । नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सूत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन् । चीन भ्रमणमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई चिनियाँ नेताले यस्तो सुझाव दिएका ...बाँकी

पार्टी छाड्नेको हिसाब–किताब खोज्दै कांग्रेस

पार्टी छाडेर गएका नेता–कार्यकर्ताको कांग्रेसले खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो । ‘पार्टी छाडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अनुशासन समितिका सदस्...बाँकी

ओली–प्रचण्डको प्रयास : शीर्ष नेतालाई एक्लाएक्लै मनाउने

एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । नेताहरुलाई अलग–अलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने अध्यक्षद्व...बाँकी

सुन तस्करले अपनाए ‘नयाँ शैली’ : सरकारको कडाइ छल्ने यस्तो काइदा !

भारतको राजस्थान घर बताउने चार भारतीय नागरिकलाई प्रहरीले शुक्रबार झन्डै ६ किलो अवैध सुनसहित पक्राउ गर्‍यो । थाइल्याण्डबाट आएका भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैन र सुनीतालाई भन्सार र सुरक्षाजाँच पास गरेर त्रिभुवन विमानस्थल बाहिरको नयाँ पार्किङ क्षेत्रमा पुगेका बेला प्रहरीले नियन्त्रण...बाँकी

जुनसुकै भ्रमणमा पति नै ‘विज्ञ’ ! त्रिविको गुणस्तर सुधार्न आएको बजेटमाथि ब्रम्हलुट

त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (र्इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको छ । शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै उक्त रकम विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्य खुलेको हो । उनले आफ्ना श्रीमान् प...बाँकी

सरकारी जग्गामा भाटभटेनी र एनआरएनए भवन

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवसीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजारस्थित मालपोत...बाँकी

रातभर विमानमै थुनिए १५० यात्रु : प्राधिकरण भन्छ ‘अपराध गरियो’

सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिलो (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट । कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिलो गर्दैनन् । डिले भए कर्मचारी कारबाहीमा पर्छन् । तर, नेपाल एयरलाइन्सका लागि भने डिले हुनु सामान्य मानिन्छ । अझ निर्धारित समयभन्दा ४५ मिन...बाँकी