newskoseli.Com

घर र गाडी ‘दाइजो’ नपाउँदा डाक्टरद्वारा श्रीमतीको हत्या !

नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार ‘सचेत नागरिक, वीरगञ्ज’ को अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरी–चेलीलाई पढाएर डाक्टर...बाँकी

४४१ केन्द्रीय नेता, ११ महिनादेखि ‘बेरोजगार’ !

पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीका कुनै जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् । पार्टीको सांगठनिक एकता प्रक्रियामा भएको ढिलाइ...बाँकी

मूल्यअनुसार मिसाइन्छ दूधमा पानी !

त्रिभुवन चोकदेखि उत्तर–पश्चिममा एकाबिहानै साइकलहरुको चाङ लाग्छ । सबै साइकलमा दूधका थरीथरीका भाँडा हुन्छन् । किन्नेहरु घरबाटै भाँडो बोकेर आउँछन् । मंगलबार बिहान साढे ६ बजे त्रिभुवन चोकमा भेटिएका जानकी– ३, बञ्जारेगाउँका बाशा बर्माले भने– ‘३० देखि ६० रुपैयाँसम्मको दूध बेच्छु ।’ एउटै व्यक्तिसँग दोब्ब...बाँकी

हतियार बनाइरहेकै अवस्थामा प्रहरीद्वारा कारखाना कब्जा

नेपालगञ्ज उपमहानगरपालिका– ५, डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ । वडा प्रहरी कार्यालय र प्रदेश– ५ प्रहरीको अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा हतियार बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् । घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान...बाँकी

डाक्टर पतिको कुटाइबाट पत्नी सुनिताको मृत्यु

चिकित्सक पतिको कुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ । सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचित...बाँकी

‘विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक’ : ११७ वर्षीया बाटुली लामिछाने !

ककनी गाउँपालिका वडा नं. ८, नुवाकोटकी ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक घोषणा गर्न राष्ट्रिय ज्येष्ठ नागरिक कोषले सरकारलाई आग्रह गरेको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गर्दैै उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणा गर्न सरकारल...बाँकी

त्यो बेलाका प्रचण्ड : ‘रङ कडा, चिनी कम’, दूध चियाका पारखी

०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन् शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनामा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे । खड्गीको परिवार बेरोजगार थियो ।...बाँकी

भारतको चुनावमा नेपालका प्रधानमन्त्री ओलीको चासो !

दक्षिणी छिमेकी राष्ट्र भारत आम चुनावको चटारोमा छ । यसै सन्दर्भमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लोकसभा निर्वाचन सफलताको कामना गर्दै उताका समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । भारतीय विदेशसचिव विजयकेशव गोखलेसँगको भेटमा प्रधानमन्त्री ओलीले विश्वको ठूलो लोकतान्त्रिक अभ्यासलाई...बाँकी

एकै रातमा राजधानीको सडकबाट १८ टन धुलो संकलन

ब्रुमर (यान्त्रिक कुचो) ले काठमाडौंका सडकबाट एकै रातमा १८ टन धु्लो संकलन गरेको छ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चलाएका ५ वटा ब्रुमरले पहिलो रात पानी परेकाले सफा गर्न नपाए पनि बुधबार राति सडक बढारेका थिए । सडक बढार्दा ब्रुमरले त्यति धुलो संकलन गरेको हो । १० करोड ८० लाख रुपैयाँमा महानगरले फा...बाँकी

अमेरिका लाने भन्दै छक्याएर दुई सांसदसहित दर्जनमाथि ठगी

कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिसँग समेत लाखौं उठाएका हुन् । ओ...बाँकी