मिर्गौला प्रत्यारोपण गरेको दुई साता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली शासकीय काममा सक्रिय हुन थालेका छन् । २१ फागुनमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मूत्रनलीमा रहेको स्टेन्ट आइतबार बिहान निकालिएको छ ।
बिहान स्टेन्ट निकालेका ओली सार्क राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीच आइतबार स...बाँकी
व्यावसायिक संघ–संगठनका अध्यक्षका उद्योग तथा प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने पूर्वअर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएक...बाँकी
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे आइतबार राष्ट्रियसभामा जानकारी दिने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री ढकालले भने– ‘सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला...बाँकी
माध्यमिक शिक्षा परीक्षा– कक्षा १० (एसईई) का हरेक परीक्षा केन्द्रमा ‘आइसोलेसन कक्ष’ निर्माण हुने भएका छन् । ६ चैतदेखि सुरु हुने एसईई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायतका समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइने भएको छ ।
शिक्षा र स्वास्थ्यमन्त्रीको केही द...बाँकी
सरकारले एसईई परीक्षा नरोक्ने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा परीक्षा नरोकेको भन्दै अभिभावक महासंघलगायत सरोकारवाला निकायले भने असन्तुष्टि जनाएका छन् ।
शिक्षण संस्थामा केही दिन बिदा दिन गरेको आग्रहलाई बेवास्ता गर्दै सरकारले पूर्वनिर्धारित तालि...बाँकी
घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगञ्जमा सरुवा गरिदिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायत मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकै पटक हटाएर उनीहरुलाई गणमा पठा...बाँकी
कोरोनाभाइरस फैलिरहेका देशबाट नेपालमा उडान निर्वाध रुपले यथावत चलिरहेका छन् । चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्वाध रुपले उडानमार्फत मान्छे आवत–जावत गरिरहेका छन् ।
अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिव दुई हजार यात्रु बाहिर गइरहेका छन् । बाहिरबाट...बाँकी
कोभिड– १९ (कोरोनाभाइरस) संक्रमणको जोखिम घटाउन भन्दै भारतले नेपालसँगका प्रमुख चार बाहेकका नाका बन्द गरेको छ ।
दुई देशका नागरिक ओहोर–दोहोरका लागि वीरगञ्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (वनबासा) र काँकडभिट्टा (रानीगञ्ज) मात्र खुला राख्ने भारतको गृह मन्त्रालयले शुक्रबार निर्णय गरेको हो ।
य...बाँकी
मान्छेले मदिरा खान्छन् । प्रदेश– २ का जिल्लामा चाहिँ मदिराले मान्छे खाएको छ । अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन्, जहाँ दैनिक ८० कम्तिमा हजार लिटर मदिरा उत्पादन हुन्छ ।
युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ । मदिरा ...बाँकी
पर्साको वीरगञ्ज नाका भएर पछिल्लो ३ दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार कूल २२ लाख ६३ हजार १ सय १० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा ग्यास बुलेट मङ्गलबार, बुधबार र बिहीबार गरी वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका ह...बाँकी