newskoseli.Com

तिहारमा घर रंग्याउन कमेरो खन्दा पुरिएर १ को मृत्यु, २ घाइते

तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आएको पहिरोमा पुरिएर बिहीबार बिहान रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका– ३, कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका– ५, काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी सोही ठाउँका २२...बाँकी

राष्ट्रिय झन्डा हटाउँदै मोर्चाको झन्डा राख्दै गर्दा केन्द्रीय सचिवसहित ९ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । सो पार्टीको ६४औं स्थापना दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झन्डा हटाएर मोर्चाको झन्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको हो । प...बाँकी

हिउँको चट्टान फुटेर पुरिए ३ युवक : १ को मृत्यु, २ घाइते

अन्नपूर्ण गाउँपालिका, कास्कीमा बुधबार हिउँमा पुरिएर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा– ५ स्थित पर्स्याङ बस्ने १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । अन्नपूर्ण– ११, कास्कीस्थित देउराली बेसक्याम्प नजिक बगरमा हिउँको चट्टान फुटेर त...बाँकी

सत्ताधारी नेकपाका नेतामाथि विप्लव नेकपाद्वारा आक्रमण

बारेकोट गाउँपालिका, जाजरकोटमा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ । सत्ताधारी नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य, कर्णाली प्रदेश कमिटीका सदस्य डम्बरबहादुर ...बाँकी

उधारो पेट्रोलियमको पैसा माग्न जाँदा गोली हानी हत्या !

आफ्नै पैसा माग्न जाँदा जनकपुरधाममा बुधबार बिहान गोली हानेर एक जनाको हत्या गरिएको छ । बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित मुजेलियाका पंकज भनिने शङ्कर चौधरीले गोली प्रहार गरी जनकपुरधाम– १ का मनोज साहको हत्या गरेका हुन् । साहले चौधरीको घरमा गएर पैसा माग्दै ताकेता गरेपछि ‘घरमै आएर यसरी...बाँकी

बाघको छाला र सालककाे खपटासहित काठमाडौंमै दुई जना पक्राउ

बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौं महानगरपालिका– २६, नरसिंहचोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई मंगलबार पक्राउ गरेको हो । झोलामा बोकेर हिँडिरहेको अवस्थामा ३ फिट ११ इञ्च लम्बाई भएको बाघको छालासहित...बाँकी

गीतसङ्गीत, देउसीभैलो, मदिरा र पटाकासम्ममा गृह मन्त्रालयको यस्तो चेतावनी !

राष्ट्रिय सांस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्त्वपूर्ण चाड यमपञ्चक (तिहार) लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्यता र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै विकृतिपूर्ण क्रियाकलाप भ...बाँकी

‘चिसो बियर’ वाला गायक दुर्गेश थापा पक्राउ

‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका कारण एकाएक चर्चामा आएका गायक दुर्गेश थापा पक्राउ परेका छन् । सोही गीतका विषयमा परेको उजुरीका आधारमा प्रहरीले राजधानीको बालाजुबाट थापालाई पक्राउ गरेको हो । सामाजिक मूल्य–मान्यताविपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुनविपरीत भएकाले उनलाई नियन्...बाँकी

पिकअप गाडी नै लिएर भैंसी चोर्दाचोर्दै तीन पक्राउ

रुपनी गाउँपालिका– १, रामपुर, सप्तरीस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैंसीको डोरी (दाम्लो) खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैंसी चोरी गर्दै गरेको अवस्थामा बोदेबर्साइन नगरपालिका– ५, सप्तरीका २६ वर्षीय मोहम्मद रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उ...बाँकी

विप्लवले बिदाइ गरेसँगै बौद्धिक नेता लोहनी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मात्रै सार्वजनिक महासचिव विप्लवको विज्ञप्तिमै उल्लेख भए अनुसार प्रतिकूल स्वास्थ्य स्थितिका कारण सो पार्टीले केन्द्रीय समितबाट बिदाई नै गरिसकेका लोहनीलाई प्रहरीले प...बाँकी