६ पुष, २०७५ |
काठमाडौं, ६ पुस ।
ठेकेदार कम्पनी सीएमसीले काम छाडेर गए पनि मेलम्ची खानेपानी आयोजना प्रभावित नहुने खानेपानी तथा सरसफार्इ मन्त्री बिना मगरले बताएकी छन् ।
मन्त्री मगरले बिहीबार संसद्को अर्थ समितिमा भनिन्– ‘ठेकेदार कम्पनीको साढे तीन अर्बभन्दा धेरै रकम हामीसँग सुरक्षित छ । उसले छाडेरै गए पनि आर्थिक रुपमा हामीलाई क्षति ...बाँकी
६ पुष, २०७५ |
काठमाडौं, ६ पुस ।
पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने कपाल रंगीन नबनाउनोस् नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला !
मेहन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन्– एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै ।
बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल...बाँकी
६ पुष, २०७५ |
काठमाडौं, ६ पुस ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरबाही गर्ने थप १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ ।
एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा उनीहरुमाथि विभागीय कारबाही सुरु भएको हो । एआईजी बस्नेत नेतृत्वको समितिले एक एसपी,...बाँकी
६ पुष, २०७५ |
काठमाडौं, ६ पुस ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा सांसद र सर्वसाधारणलाई बेग्लाबेग्लै क्यान्टिनको नयाँ व्यवस्था गर्न लागिएको छ ।
बुधबारदेखि चल्ने संसद् बैठकका क्रममा सांसद र अन्यले अलग–अलग ठाउँमा बसेर चिया–खाजा खानुपर्ने व्यवस्था गर्न लागिएको हो । संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम...बाँकी
६ पुष, २०७५ |
काठमाडौं, ६ पुस ।
सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।
सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको विषयमा परेको मुद्दामा उनलाई तीन महिनाभित्र काममा लगाउन सर्वोच्च अदालतले दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओली समेतविरुद्ध सर्वोच्च अदालतमा ...बाँकी
६ पुष, २०७५ |
काठमाडौं, ६ पुस ।
भ्रष्टाचार मुद्दामा सात वर्ष अघिको आफ्नै फैसला उल्टाएर सर्वोच्च अदालतले दुर्इ जनालाई सफाई दिएको छ ।
झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर भएकामध्ये दुई जनालाई न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहीबार सफाई दिएको हो ...बाँकी
५ पुष, २०७५ |
काठमाडौं, ५ पुस ।
विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपामा ‘बिजुली राख्न’ भन्दै मेलम्ची घ्याङ गुठीले अतिक्रमण गरेको छ ।
मापदण्ड विपरीत र विनास्वीकृति बौद्ध स्तुपामा गुठीले जथाभावी प्वाल खोपेपछि सरोकारवालाहरुले विरोध गरेका छन् ।
पुरातत्त्व विभागसँग स्वीकृति नै नलिई गुठीले आफूखुसी बत्ती हाल्नलाई प्वाल पारेको बौद...बाँकी
५ पुष, २०७५ |
काठमाडौं, ५ पुस ।
राजधानीमै आ–आफ्नो घर हुँदाहुँदै संसद् सचिवालयबाट ‘घरभाडा’ बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् ।
संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ र दलबहादुर राना छन् । काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार प...बाँकी
५ पुष, २०७५ |
काठमाडौं, ५ पुस ।
जनताको रगत–पसिना शोषेर सरकारी ढुकुटीमा सञ्चित गरिएको रकमबाट तलब–भत्ता र अनेकौं सुविधामा मस्ती मार्दै तिनै जनता, राष्ट्र र सरकारको थाप्लामाथि टेकेर सरकारी कर्मचारीहरु यतिबेला ‘आन्दोलन’ छेडिरहेका छन् ।
सरकारद्वारा हालै जारी कर्मचारी समायोजन अध्यादेश कार्यान्वयनमा नआउँदै त्यसलाई ध्वस्त पार्ने भन्दै ...बाँकी
५ पुष, २०७५ |
काठमाडौं, ५ पुस ।
राजधानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये केहीमाथि प्रहरीले गरेको अनुसन्धानबाट कतिपय रोचक तथ्य फेला परेका छन् । पक्राउ परेका ७७ जना परिसरको हिरासतमा रहेको परिसरकार प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
‘पक्राउ प...बाँकी