newskoseli.Com

शुक्रबारका मूल खबर : ‘पछि हटे वामदेव गौतम’ !

शुक्रबारका अधिकांश पत्रिकाले नेकपाका नेता वामदेव गौतम काठमाडौं- ७ मा हुने भनिएको उपनिर्वाचनबाट पछि हटेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे गौतम शीर्षकमा सामाचार प्रकाशित गरेको छ । सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं- ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद...बाँकी

‘बुद्ध भारतमा जन्मिएको’ प्रचार गर्दैछन् यी कपिलवस्तुकै सांसद !

प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह ‘गौतम बुद्ध भारतमा जन्मिएको’ प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु– ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्र...बाँकी

प्रधानमन्त्रीमाथि आक्रमणका दोषी १९ जनालाई मृत्युदण्ड !

सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि बंगलादेशको एक अदालतले मृत्युदण्ड दिने गरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्‍यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए...बाँकी

वामदेवको रहरले नेकपाको शीर्ष तहमै हंगामा, के होला अब ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिइरहेका बेला नेता वामदेव गौतमले बहालवाला सांसदलाई राजीनामा गराएर उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ । वर्दिया निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमले काठमाडौं– ७ बाट निर्वाचित सांसदलाई राजीनामा ...बाँकी

कसरी ‘प्रमाणित’ भइन् ज्युँदी महिला मृत ?

बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । राज्यले दिने वृद्धभत्ता पनि उनले बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका– ११, वाङथालमा उनको घर छ । घरदेखि दुर्इ घन्टा परको वडा कार्यालय पुग्दा उनलाई बृद्धभत्ता नपाउने कर्मचारीले बताए । वडा क...बाँकी

यसरी लाइसेन्स बेच्छन् यातायातका कर्मचारी : १० जनाविरुद्ध अख्तियारको मुद्धा

यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बिक्री गर्ने गरेका छन् । यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । याताया व्यवस्था कार्यालय, बागमत...बाँकी

वामदेवका लागि क्षेत्र खालि : काठमाडौं– ७ मा चुनाव लड्ने पक्का !

प्रतिनिधिसभा चुनावमा बर्दिया– १ बाट पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई संसदमा प्रवेश गराउन काठमाडौं– ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने घोषणा गरेका छन् । मानन्धरले राजीनामाका लागि पार्टीमा स्वीकृति–पत्र पेस गरिसकेका छन् र पत्रकार सम्मेलन नै गरेर त्यसको सार्व...बाँकी

३ महिनादेखि उधारोमा व्यवहार धान्दै, प्रदेशका कर्मचारीले पाएनन् तलब !

दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन नसकेको खबर सञ्चार माध्यममा आएका छन् । खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । उनीहरूले आफ्नो व्यक्तिगत–पारिवारिक र कार्यालयको दैनिक खर्च समेत उधारोमा चलाइरहनु परेको खबर प्रकाशित ह...बाँकी

प्रधानन्यायाधीशको ‘कासन’ : ‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’ !

न्यायालयमा विचाराधीन मुद्दामा समाचार प्रकाशन तथा प्रसारण गरिरहेकामा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सञ्चार माध्यमप्रति आपत्ति जनाएका छन् । संवैधानिक तथा कानुन पत्रकार मञ्चद्वारा मंगलबार बडादसैं, तिहार तथा छठका अवसरमा आयोजित चियापानमा बोल्दै प्रधानन्यायाधीश मिश्रले विचाराधीन मुद्दामा सञ्चार माध्य...बाँकी

४८ सय डाक्टर बेरोजगार ९५० वटा सरकारी दरबन्दी खालि !

देशमा ४ हजार ८ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दी अनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो । देशभर १ हजार ६ सय ५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको...बाँकी