१८ पुष, २०७६ |
संघीय प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका उम्मेदवार चयन गर्ने उद्देश्यका साथ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानै सत्ताधारी नेकपाको सचिवालय बैठक बसेको छ ।
बिहीबारको बैठकमा उम्मेदवारहरुबारे टुंगो लाग्न नसकेपछि स्थगित भएको बैठकले शुक्रबार बिहानै निरन्तरता पाएको हो । प्रतिनि...बाँकी
१५ पुष, २०७६ |
अमेरिकाले संयोजन गरेको परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ हुबहु कार्यान्वयन गर्न–नगर्न सत्तारूढ दलकै नेताहरूले सरकारको ध्यानाकर्षण गराइरहेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेताको भन्दा सरकार र परराष्ट्र मन्त्रालयको धारणा आधिकारिक हुने’ बताएका छन् ।
पार्टीका केही नेताले विरो...बाँकी
१३ पुष, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान साढे ८ बजे सुरु भएको बैठकले सभामुखको उम्मेदवार टुंगो लगाउने बताइएको छ ।
पूर्वसभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएपछि सो पद असोजयता खालि रहेको...बाँकी
१२ पुष, २०७६ |
सीबी अधिकारी/रासस
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को सुरक्षा मापदण्डअनुरुप नेपालले ७० प्रतिशत हाराहारी प्रगति गरेको छ । युरोपेली सङ्घ (ईयू) को चासोअनुरुप नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक र सेवाप्रदाय निकायका रुपमा स्थापित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्...बाँकी
१२ पुष, २०७६ |
केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । शनिबार उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको छ । यो नै यस वर्ष मापन गरिएको काठमाडौं उपत्यकाको सबैभन्दा कम तापक्रम हो ।
शुक्रबार उपत्यकाको तापक्रम १.२ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नुको कारण कुनै नयाँ प्रणालीको ...बाँकी
१२ पुष, २०७६ |
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल (डीआईजी) सहितको टोली शुक्रबार राति ९ बजे सडक अनुगमनमा थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सहभागी थिए ।
कमलादीस्थित गणेशमन्दिर नजिक सडक छेउमा एक दम्पत्ति ओढ्...बाँकी
९ पुष, २०७६ |
मंगलबार सरकार छाडेको समाजवादी पार्टीले सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ । सो पार्टीका दुई नेताले मन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट बुधबार सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरिएको जानकारी सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएका छन् ।
संविधान ...बाँकी
७ पुष, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कैलाली जिल्ला सङ्गठन समितिले बर्दगोरिया– २ का मधु रिजाललाई पत्र काट्दै आफ्नो घरबाट ‘देशको अर्बौं राजस्व लुट्ने’ एनसेलको टावर हटाउन अनुरोध गरेको छ ।
जिल्ला पार्टीका तर्फबाट घरधनीलाई लेखिएको पत्रमा भनिएको छ– ‘यहाँलाई अवगत नै छ, जनताको श्...बाँकी
६ पुष, २०७६ |
दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी पत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेको सरकारी संयन्त्रको दावी छ ।
ठाटीकाँध गाउँपालिका– २, श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी द...बाँकी
६ पुष, २०७६ |
रमेश लम्साल/रासस
नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत अनुदान सहयोग उपलब्ध गराउने भनिएको रकम अर्को बहुचर्चित इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको दावी गर्दै मिलेनियम च्यालेन्ज एकाउन्ट, नेपाल (एमसीए) ले त्यसलाई सङ्घीय संसदबाट अनुमोदन गर्नु जरुरी रहेको बताएको छ ।
...बाँकी