newskoseli.Com

विप्लव नेकपाका केन्द्रीय सदस्यसहित १६ पक्राउ

सरकारद्वारा ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ सहित १६ नेता–कार्यकर्तालाई प्रहरीले शुक्रबार बाजुराबाट पक्राउ गरेको हो । गौमुल गाउँपालिका– ३, माझपालीबाट ...बाँकी

हिमाल चढ्नेले शरद ऋतुमै तिरे साढे ६ करोड रोयल्टी : यस्तो छ समग्र आरोहण रिपोर्ट

देशका विभिन्न हिमाल आरोहणको अनुमतिबाट शरद ऋतुको हालसम्म ६ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका १ हजार १ सय ६२ आरोहीबाट यति रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९ सय १५ र महिला २ सय ४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा वि...बाँकी

वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी : फोहरमैला मेसिन राख्ने विवाद उत्कर्षमा

शान्ति सुरक्षामा खलल पुर्‍याई तोडफोड गरेको आरोपमा बनेपा नगरपालिकाले वडा नं. १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ । बनेपा नपा– ९, ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेसिन राख्ने स्थान तयार पार्ने क्र...बाँकी

निर्वाचन कार्यालय नजिकै शक्तिशाली विस्फोट : प्रहरी भन्छ– ‘गनपाउडर पड्क्यो’

पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बिहीबार शक्तिशाली विस्फोट भएको छ । उपनिर्वाचनका निम्ति उम्मेदवारी दर्ताको समय हुनै लाग्दा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी राजकुमार केसीले पुष्टि गरेका छन् । ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो’– डीए...बाँकी

कार दुर्घटनामा एकै परिवारका ३ को मृत्यु, २ घाइते

सन्धिखर्कको नरपानीमा बुधबार भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको नरपानीमा बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक...बाँकी

प्रहरी निरीक्षक एक्कासि बेहोस, उपचारका क्रममा मृत्यु

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा, जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाइवरी सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रम...बाँकी

उम्मेदवारी दर्ता कात्तिक २१ र २७ मा : उपनिर्वाचन प्रक्रिया

मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति कात्तिक २१ र २७ मा मनोनयनपत्र (उम्मेदवारी) दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्य...बाँकी

बाँदर मार्न सुनुवारले बोकेको बन्दुक पड्कँदा तामाङको मृत्यु

बाँदर मार्न बोकेको बन्दुक पड्किएर ओखलढुङ्गामा एक किशोरको मृत्यु भएको छ । भरुवा बन्दुक पड्किएर मोलुङ गाउँपालिका– ३, थुम्कीका १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो । सोमबार दिउँसो २ बजे थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । उप...बाँकी

‘भीभीआईपी’ कक्ष यस्तो छ वीर अस्पतालमा : तर, ३० वर्षयता सधैं रित्तै !

वीर अस्पतालको पहिलो तलाको उत्तर–पूर्वमा अति–अति विशिष्ट (भीभीआईपी) सेक्सन छ । यस सेक्सनका हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा विच्छ्याइएको छ । बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरण जडित छन् । बाथटब सहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छन् । स्टोर सहितका यस्ता आठ वटा भीभीआईपी कक्षका ...बाँकी

पूर्वसभामुख महराको थुनछेक बहस : तारिखमा रिहा हुने सम्भावना

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस चलिरहेको छ । काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बयान चलिरहेको जानकारी सूचना अधिकारी ज्ञानबहादुर कार्कीले दिएका छन् । बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश...बाँकी