newskoseli.Com

सातामै अर्ब बढीको शेयर कारोबार

यस साता धितोपत्र बजारमा १ अर्ब ९ करोड ५४ लाख ८५ हजारको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १ सय ७० कम्पनीका २४ लाख ६१ हजार ६ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १ सय ७४ कम्पनीको १ अर्ब ७१ करोड १२ लाख ८४ हजार ...बाँकी

पूर्वसांसदलाई १० अर्ब नदिन सर्वोच्चको आदेश : दिए कानुनविपरीत

निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आइतबार निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्नु गैरकानुनी भएको भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आद...बाँकी

‘तेज एन्ड करण इन्टरप्राइजेज’ का मालिक ठगीको आरोपमा कर्‍याप्प…

ठगी गरेको अभियोगमा अटोमोबाइल्स व्यवसायी तेजकरण जैनलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको त्रिपुरेश्वरमा लामो समयदेखि ‘तेज एण्ड करण इन्टरप्राइजेज’ सञ्चालन गर्दै आएका जैन ठगीकै अभियोगमा यसअघि पनि पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका हुन् । जैनलार्इ यस पटक बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्...बाँकी

‘नेसनल पेमेन्ट गेटवे’ लागू गर्दै राष्ट्रबैंक…

विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वार अर्थात् ‘नेसनल पेमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ । मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले उक्त सेवा कार्यान्वयन गर्...बाँकी

बैंकका सीईओहरुबीच ‘भद्र सहमति’ : निक्षेपको ब्याज नबढाऔं !

लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर बढाएर मुद्धति निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) हरूले त्यसरी बारम्बार ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका छन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बैंकका सीर्इओहरूले त्...बाँकी

फूलमालाको व्यापार : तिहारमा हाहाकार, नेताका गलामा फालाफाल !

यसपालि दसैं–तिहार छिटो र मौसम ढिलो हुँदा तिहारका बेला बजारमा फूलको हाहाकार नै मच्चियो । तिहार सकिएको १५ दिनपछि भने फूलखेती गरिएका बारीभरि ढकमक्क फूल फुले । फूलखेती गर्ने किसानहरू चिन्तित बने । तर, तिहार सकिएको दुई महिना पछि भने तिहारको समयमा भन्दा झन्डै दोब्बर सयपत्री फूलको कारोबार बढ्यो । ति...बाँकी

अम्बे सिमेन्टको इजाजत रद्द : गुणस्तरहीन पदार्थको प्रयोग

नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रा.लि. को इजाजत रद्द गरेको छ । अम्बे सिमेन्टले नेपाल गुणस्तरले तोकेको भन्दा ज्यादै कमजोर कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार विभागबाट प्रदान गरिएको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । अम्बे सिमेन्टले आफ्नो ओपीसी...बाँकी

एउटै जिल्लाबाट ४ अर्ब ३५ करोडको तरकारी बिक्री

बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा ४ अर्ब ३५ करोड रूपैयाँको तरकारी बिक्री भएको छ । सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा उत्पादित बन्दागोभी, मुला, आलु, गोलभेंडा, अ...बाँकी

सानिमा इक्विटी फन्डको निष्कासन मंगलबारदेखि

सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको इकार्इ निष्काशन गर्ने भएको छ । सानिमा बैंक कोष प्रबर्द्धक रहेको क्यापिटलले १० रुपैयाँ दरका १२ करोड इकार्इ निष्काशन गर्न लागेको हो । सातवर्षे बन्दमुखी योजनामा कूल १५ प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँका इकार्इ सानिमा बैंकले र सानिमा क्यापिटलले किन्नेछन...बाँकी

स्वावलम्बनका लागि उद्यमशीलता : उपप्रमुख मिश्र

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले स्वावलम्बनका लागि उद्यमशीलता आवश्यक भएको बताएकी छन् । यहाँस्थित गीताञ्जली ब्युटी पार्लर तथा तालिम केन्द्रको उद्घाटन गर्दै मिश्रले स्वरोजगारमूलक व्यवसायले व्यक्तित्व विकासका साथै युवाहरुलाई स्वावलम्बी बन्न सघाउने बताएकी हुन् । युवाहरुका यस्ता ...बाँकी