newskoseli.Com

कपालमा जुत्ताको पालिस ! पासपोर्ट बनाउनु छ ? कपाल रंगीन नपार्नोस्…

पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने कपाल रंगीन नबनाउनोस् नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला ! मेहन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन्– एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै । बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल...बाँकी

निर्मला हत्या प्रकरण : थप १८ प्रहरीमाथि कारबाही, अपराधी अझै अज्ञात

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरबाही गर्ने थप १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा उनीहरुमाथि विभागीय कारबाही सुरु भएको हो । एआईजी बस्नेत नेतृत्वको समितिले एक एसपी,...बाँकी

सांसद र नागरिकबीच क्यान्टिनमा पनि विभेद !

संघीय संसद् भवन नयाँ बानेश्वरमा सांसद र सर्वसाधारणलाई बेग्लाबेग्लै क्यान्टिनको नयाँ व्यवस्था गर्न लागिएको छ । बुधबारदेखि चल्ने संसद् बैठकका क्रममा सांसद र अन्यले अलग–अलग ठाउँमा बसेर चिया–खाजा खानुपर्ने व्यवस्था गर्न लागिएको हो । संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम...बाँकी

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा दायर

सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको विषयमा परेको मुद्दामा उनलाई तीन महिनाभित्र काममा लगाउन सर्वोच्च अदालतले दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओली समेतविरुद्ध सर्वोच्च अदालतमा ...बाँकी

फैसला उल्टाएर भ्रष्टाचारीलाई सफाई !

भ्रष्टाचार मुद्दामा सात वर्ष अघिको आफ्नै फैसला उल्टाएर सर्वोच्च अदालतले दुर्इ जनालाई सफाई दिएको छ । झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर भएकामध्ये दुई जनालाई न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहीबार सफाई दिएको हो ...बाँकी

बौद्ध स्तुपामा किन पारियो प्वालैप्वाल ? त्यो पनि स्वीकृतिविनै !

विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपामा ‘बिजुली राख्न’ भन्दै मेलम्ची घ्याङ गुठीले अतिक्रमण गरेको छ । मापदण्ड विपरीत र विनास्वीकृति बौद्ध स्तुपामा गुठीले जथाभावी प्वाल खोपेपछि सरोकारवालाहरुले विरोध गरेका छन् । पुरातत्त्व विभागसँग स्वीकृति नै नलिई गुठीले आफूखुसी बत्ती हाल्नलाई प्वाल पारेको बौद...बाँकी

हालसम्म ‘डेरा भाडा’ फर्काउने १२ सांसद को–को हुन् ?

राजधानीमै आ–आफ्नो घर हुँदाहुँदै संसद् सचिवालयबाट ‘घरभाडा’ बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् । संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ र दलबहादुर राना छन् । काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार प...बाँकी

सरकार त के सरकार ? यी पो ‘महाँसरकार’ ! सिंहदरबारभित्रै कर्मचारीको हर्कत

जनताको रगत–पसिना शोषेर सरकारी ढुकुटीमा सञ्चित गरिएको रकमबाट तलब–भत्ता र अनेकौं सुविधामा मस्ती मार्दै तिनै जनता, राष्ट्र र सरकारको थाप्लामाथि टेकेर सरकारी कर्मचारीहरु यतिबेला ‘आन्दोलन’ छेडिरहेका छन् । सरकारद्वारा हालै जारी कर्मचारी समायोजन अध्यादेश कार्यान्वयनमा नआउँदै त्यसलाई ध्वस्त पार्ने भन्दै ...बाँकी

चोरेको पैसा खर्च गर्दै विदेशीसँग यौनप्यास मेटाउँदै : ‘पाकेटमारा’ को दिनचर्या !

राजधानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये केहीमाथि प्रहरीले गरेको अनुसन्धानबाट कतिपय रोचक तथ्य फेला परेका छन् । पक्राउ परेका ७७ जना परिसरको हिरासतमा रहेको परिसरकार प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । ‘पक्राउ प...बाँकी

पेट्रोलियम मूल्य : निगमले १९ रुपैयाँ सस्तोमा किन्दा उपभोक्तालार्इ ४ रुपैयाँ मात्रै कम !

नेपाल आयल निगमले चर्को नाफा कमाउन मात्रै ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आर्इओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने क...बाँकी