७ माघ, २०७५ |
सिन्धुपाल्चोक, ७ माघ ।
०७२ को भूकम्पपछि बन्द रहेको तातोपानी नाका वैशाखदेखि खोल्ने तयारी भएको छ ।
मे दिवसका दिन (१८ वैशाख, ०७६ मा) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ चीन सरकारले पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।
भूकम्प र भोटेकोशीके बाढीले भत्काएको पुल, सडक र सुख्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल–...बाँकी
७ माघ, २०७५ |
काठमाडौं, ७ माघ ।
स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी सरकारले फिर्ता बोलाए पनि सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्दै आएका छन् ।
मन्त्रिपरिषदले पुस ९ मा ३ हप्ताको समय तोकेर उनलाई नेपाल बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावसलाई पत्राचार...बाँकी
७ माघ, २०७५ |
काठमाडौं, ७ माघ ।
सरकारले राष्ट्रपति निवासलाई ‘अति सुविधासम्पन्न’ बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्ठान हटाइँदैछ ।
‘प्रहरी प्रतिष्ठान महाराजगञ्जलाई विस्थापन गरी गुरुयोजना अन्तर्गत राष्ट्रपतिका लागि कार्यालय र आवासका निम्ति सबैखाले सुविधा भएको भवन बन्नेछ’– प्रहरी प्रतिष्ठान र राष्ट्रप...बाँकी
६ माघ, २०७५ |
मन्थली (रामेछाप), ६ माघ ।
एक वर्षदेखि काठमाडौंमा बसेर मिर्गौलाको नियमित डायलासिस गराइरहेका रामेछापको खाँडादेवी गाउँपालिका– ६, माकादुमका ३० वर्षीय मविन्द्र तामाङले बुधबारदेखि यो सेवा जिल्लामै पाएका छन् ।
सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालले जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु गरेको हो । उपचारका लागि काठमाडौं बस...बाँकी
६ माघ, २०७५ |
काठमाडौं, ६ माघ ।
सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूटनीतिक रुपमा असफल भएको टिप्पणी सम्बद्ध क्षेत्रका बुद्धिजीवीले गरेका छन् ।
सरकारको कूटनीतिक असफलताकै कारण लिपुलेकमा भारत–चीनले एकलौटी सम्झौता गरेको उनीहरुले बताए । नेपालको भूमिमाथि नेपाललार्इ नै कुनै पूर्वजानकारी नदिई भारत र चीनले नेपाली सम्झौता गर्दा पनि मौन ब...बाँकी
६ माघ, २०७५ |
काठमाडौं, ६ माघ ।
मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेन्नाले शनिबार बेलुकासम्म आयोजनालाई कुनै जवाफ पठाएको छैन ।
आयोजनाले शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल ठेकेदार कम्पनीलाई पठाएको थिय...बाँकी
६ माघ, २०७५ |
धरान, ६ माघ ।
धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग ‘भगिनी सम्बन्ध’ गाँस्ने प्रस्ताव गर्यो ।
त्यसैका लागि छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो र धराने बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो ।
कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु ‘काम–कुरो एक...बाँकी
६ माघ, २०७५ |
जाजरकोट, ६ माघ ।
काम नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयले माग्यो । स्थानीय प्रशासनले एक साता लगाएर विवरण तयार गर्यो र पठायो ।
त्यसैपछि सात महिना बित्यो । अहिलेसम्म न काम अगाडि बढ्यो न त ठेकेदारलाई कुनै कारबाही भयो ।
काम नगर्ने जाजरकोटका १४ ठेकेदारको नामेसीसहितको विवरण असारमै गृह मन्त्रालय पठाइएको थियो । जीएम...बाँकी
५ माघ, २०७५ |
काठमाडौं, ५ माघ ।
साइबर अपराध गर्नेलाई १ करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी सरकारले पूरा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘सूचना प्रविधि ऐन, २०७५’ को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने ग...बाँकी
५ माघ, २०७५ |
डोल्पा, ५ माघ ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– ५, फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन ।
घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।
उब्जनीको ६० प्रतिशत अन्नबाली तल्सिङलाई बुझाउनुपर्छ । गाउँमा उनको परिवार बसेको...बाँकी